जल्केनी गेटमा स्वास्थ्य पोष्ट प्याकुरेल दस्ताको संयोजक


नेत्र बस्नेत
बिशवव्यापी रुपमा  फैलिएको कोरानाका महामारीबाट बच्न र बचाउँनका लागी सरकारले गरेको लगडाउँनको पुर्ण पालना गर्न अनुरोध
गर्दै अत्याबश्यक अबस्थामा आउँन जानका मुख्य मार्ग जल्केनी घुम्तीमको प्रबेश द्धारमा स्वास्थ्य परिक्षण गरिने  ब्यबस्था मिलाइएको वडा नं १३अध्यक्ष तथा बिपद ब्यबस्थापन समितीका संयोक राम प्रसाद गौतमले जानकारी दिनु भयो । उँहाका अनुसार शुक्रबार बसेको बिपद ब्यबस्थापन समितीको बैठकले वडाको मुख्य प्रवेशद्वार जन्किनीमा जभबतिज मभकप राखी आउने जानेको रेकर्ड सहित स्वास्थ्य परिक्षण गर्ने र अन्य सबै नाका पुर्ण बन्द गर्ने निर्णय गरिएको छ , अयखष्म(ज्ञढ नियन्त्रण तथा रोकथामका लागि शुक्रलाल प्याकुरेलको संयोजकत्वमा सर्ब पक्षीय २१ सदस्यीय वडा स्तरीय स्वयंसेवक दस्ता गठन  गरिएको छ, त्यसै गरी  अति आवश्यकता खाद्यन्न पसल बिहान ६ बजे देखि ९बजे सम्म र बेलुका ४०० बजे देखि ७बजे सम्म मात्र खुलाउने निर्णय भएको छ ।

यसै गरि वडाले दिएको आधिकारिक पत्र लिएर पनि अटेरीगरि खुलेका होटेल ,चिया पसल ,लगाएतका पसल तत्काल बन्द नगरे कानुन प्रक्रिया अगाडि बढाउने  समेत निर्णय भएको छ । बेठकले अनावश्यक रुपमा मानिस जम्मा हुने ,जुवा तास खेल्ने,जाड रक्सी बिक्री वितरण गर्ने, सेवन गर्ने, अनावश्यक चल्ने मोटरसाईकल , स्कुटर, हलुका सवारी साधन रोक लगाउनेनिर्णय गरेको छ भने वडाका सबै टोल बस्तिमा जनचेतनामूलक प्रचारप्रसार गर्न माइकीङ गर्ने निर्णय समेत गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला  चौतारा साँगाचोकगढी नगरपालिका वडा १३ ठुलोसिरुवारीमा बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (अयखष्म(ज्ञढ) नियन्त्रण,रोकथाम तथा ब्यवस्थापन गर्नका लागि वडा स्तरीय विपद् व्यवस्थापन समिति सहित सरोकारवालाको बैठक बसि उक्त निर्णय गरिएको हो ।

नेपाल सरकार जिल्ला प्रशासन कार्यलय तथा नगरपालिकाको परिपत्र अनुसार नागरिकलाइ महामारी बाट बचाउँनका लागी  लकडाउनको कडाइ गर्नु का साथै  अत्याबश्यक ब्यबस्था गर्नका लागी  बसेको बिपद ब्यबस्थापन समितीको बैठकले यस्तो निर्णय गरेको हो ।  वडा अध्यक्ष राम प्रसाद गौतमले  आफ्नो र आफ्नो परिबारको ख्याल राखी  आब्यश्यकता भन्दा बाहीर नजान र समस्या परेमा वडामा फोन सम्पर्क गर्न वा स्वयम सेवक दस्ता सँग सम्पर्क गर्न समेत  आग्रह गर्दे कसैले पनि यो निर्णयको उलघन नगर्न अनुरोध गर्नु भएको छ । उाँहाले रोग लागिसकेपछी उपचार गर्न भन्दा रोग लाग्नै नदिन तर्फ सबै सचेत रहन  समेत सबैमा अनुरोध गर्नु भएको छ ।


, , , , ,