कोरोनाबाट जनतालाई बचाउन सरकारले उचित व्यवस्थापन गर्न नसकेको काङग्रेसको आरोप

चौतारा
कोरोना बाट जनतालाई उचित व्यवस्थापन गर्न नसकेको भन्दै  नेपालि काङग्रेसले सरकारलाई ध्यानाकर्षण गराएको छ ।

सरकारले संक्रमण न्यूनिकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि जनताको सुरक्षाका लागि आवश्यक तयारी गर्न नसकेको भन्दै काङग्रेसले सरकारलाई ध्यानाकर्षण गरेको हो ।
सरकारको ध्यानाकर्षण गर्दै नेपाली काङग्रेसले प्रेस बिज्ञप्ती निकालेको छ । प्रमुख सचेतक बाकृष्ण खाणको हस्ताक्षर भएको बिज्ञप्तिमा भनिएको छ । कोरोन भाइरसको महामारीबाट नेपाली जनता पिडित भइरहेको र यसको संक्रमणलाई बढ्न नदिन सरकारले लामो समय लकडाउनको घोषणा गरेको छ तर उचित व्यवस्थापन गर्न नसकेको कारणले जनता पिडामा रहेका छन् । यस विषयमा प्रमुख प्रतिपक्ष लगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न सकेको छैन । सरकार गम्भीर बनोस्, हाम्रो जोडदार माग रहेको छ  प्स्वास्थ्य सामग्री र उपकरण खरिदको व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोर क्षमता मात्र हैन, नियतमा नै खोट देखिन्छ ।  हालको परिस्थितिमा सरकारको पहिलो काम भनेको जनताको र राष्ट्रको सुरक्षा गर्ने हो । वर्तमान सरकार जनता प्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ । अहिले सरकारको मूल कार्य महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितहरुको उपचार गर्नु हो ।
लकडाउनका कारणले दैनिक ज्यालादारी, असंगठित क्षेत्रका श्रमिकहरु आफ्नो रोजगार गुमी आफ्नो घर पुग्नका लागि लामो पैदल यात्राबाटै हिडिरहेको अवस्थाले सबै नेपालीलाई पिडा बोध भएको छ । उनीहरुको बसोवास तथा खानपिनको उचित व्यवस्थापनको जिम्मेवारीबाट सरकार पन्छिनु सरकारको लाचारीको परकाष्ट हो । यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनीहरुको बसोवास तथा खानपिनको उचित व्यवस्थापनका लागि माग गर्दछौं ।

, , ,