दीर्घरोगीलाई हेलम्वुको निशुल्क औषधी

हेलम्बु,  
लगडाउनको समय लम्विए सँगै औषधी आपुर्ति र खरिदमा समस्या हुने आँकलन गरि हेलम्वु गाँउपालिकाले पालिका भरका दीर्घरोगका औषधी वितरण सुरु गरेको छ ।

गाँउपालिकाले शनिवार वाट दीर्घरोगका औषधी आवश्यक पर्ने हेलम्वु बासीलाई औषधी वितरण सुरु गरेको जनाएको छ । ‘गाँउमा दम, मुटु, नसा, प्रेसर तथा सुगरका विरामी भेटिए,’ पालिका प्रमुख निमाग्याल्जेन शेर्पाले भन्नुभयो, ‘औषधी किन्न वजार जाने अवस्था नभएकोले पालिकाले वितरण गरेको हो ।’
उनले पन्ध्र दिन पुग्ने औषधी उपलब्ध गराईएको जानकारि दिनुभयो ।

, , ,