किलोले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या

चौतारा, वैशाख १९ 
 बिहिबार दिउँसो हेलम्बु गाउँपालिका ७ बंगारेमा राम बहादुर तामाङले ३० वर्षीया श्रीमती अस्मिता तामाङलाई भैसी बाँध्ने काठको किलोले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।


खाना खाएर चुठ्न लाग्दा पछाडिबाट किलोले श्रीमतीको टाउकोमा हानेर हत्या गरेको वडाध्यक्ष खेतनाथ घिमिरेले जानकारी दिनुभयो ।
निज राम बहादुर लामो समयदेखि मानसिक रोगको औषधि खाइरहेका थिए ।
गत वर्षदेखि उनलाई औषधिले काम गर्न छाडेको परिवारले भन्दै आएको अध्यक्ष घिमिरेले बताए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको प्रहरी ले बताएको छ ।

, ,