डडुवामा स्वास्थ्य परिक्षण २जना क्वारेन्टाइनमा


 सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालीकाले स्वास्थ्य परिक्षणको बकार्यक्रम शुरु गरेको छ  । नगरभित्र रहेको १४ वटै वडामा चैत १ गते देखि नै बिदेशबाट आएकाहरुको परिवारको सबै सदस्यहरुको स्वास्थ्य परिक्षण गर्ने कामको सुरुवात गरिएको हो ।

नगरपालीकमाका प्रमुख अमान सिंह तामाङ्गले नगरका कोही पनी नागरिकलाइ कुनै पनी समस्या नपरोस भन्दै  अहीले बिश्वमा देखीएको कोरोना को महामारीको रोक थाम तथा नियन्त्रणको लागी स्वास्थ्य परिक्षण को अभियान शुरु गरिएको बताउानु भएको  छ । चौतारा सँँगाचोकगढी नगरपालीका वडा नं १४े डडुवाबाट उक्त कार्यको सुरुवात गर्दै उहाँले यस्तो बताउँनु भएको हो ।  वडा नं १४ मा  बिदेस बाट आएका र उनीहरुको परिबार गरी जम्मा ४१ जनाको स्वास्थ्य परिक्षण गरिएको नगर प्रमुख अमानसिंह तामाङ्गले जानकारी दिनु भएको छ । उँहाले यस अभियानलाई सबैले साथ दिन अनुरोध गर्दै  र लकडाउनको पुर्ण पालना गर्न समेत अनुरोध गर्नु भएको छ । पहिलो दिनको कार्यक्रममा सक्रिय सहभागीता जनाउनुभएकोमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा चौतारा साँगाचोकगढी नगरपालिका इन्चार्ज रामचन्द्र बस्नेत वडा अध्यक्ष शेर बहादुर श्रेष्ठ  लगायत सबैलाई धन्यवाद समेत  दिनु भएको छ । यसै बिच चौतारा साङ्गाचोकगढी नगरपालिका १४ डड्डवा मा हिजो बेलुका काठमाडौ बाट राती घर आएका  २ जनालाइ मेल चौउर क्वारेन्टाइनमा पठाइएको छ । अखिल नेपाल ट्रेड युनियन  महासंघ  सिन्धुपाल्चोकका अध्यक्ष रमेस नेपालका अनुसार स्थानीय अम्बर खाती र राहुल बि क लाई १४ नम्बर वडा कार्यलय डडुवा र जिल्ला प्रहरी को रोबहरमा सुरक्षीत क्यारेन्टाइन मेलचौर  लगीएको हो ।  उँहाले  सरकारले तोकेको लकडाउन पालना गर्न र गराउँन सबै लागी पर्नु पर्ने र आफु सुरक्षित रहे मात्र अरुलाइ सुरक्षीत राख्न सकिने भएकाले यसको पुर्ण पालना  गर्नु पर्ने समेत नेपालले बताउँनु भयो ।

, , , , ,