जिल्लामा हालसम्म १ सय ५१ को कोरोना परिक्षण कसैमा पनि भेटिएन संक्रमण

 अर्जुन शर्मा, चौतारा  
 कोरोना भाईरस संक्रमण आशंकामा परिक्षण गरिएका जिल्लाका १ सय ५१ जनामा संक्रमण नएको पाईएको छ ।
  विश्वभर फैलिएको भाईरस संक्रमणको लक्षण मिलेका र विदेश वाट फर्किएकाहरुमा संक्रमण नदेखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १ सय ४३ जनाको र्यापिड टेष्ट बट र आठ जनाको स्वाव परिक्षण वाट भाईरस संक्रमण नभएको पुष्टि भएको हो । विहिवार झण्डै एक दर्जन स्थानमा एक सय वढीको र्यापिड टेष्ट गरिएको र सवै परिक्षण नेगेटिभ पाईएको कार्यालयले जनाएको छ ।
चैत्र महिनामा विदेशवाट फर्किएका र क्वारेन्टाईनमा वसेकाहरुमा परिक्षण गरिएको थियो । सवैभन्दा वढी विदेशवाट फकिएका मेलम्चीमा २७ जनामा एकै दिन परिक्षण गरिएको र सवै नतिजा नेगेटिभ रहेको मेलम्ची ११ का वडाअध्यक्ष रुद्रप्रसाद दुलालले जनाकारी दिए । विदेश वाट फर्किएका र संक्रमणको जोखिममा रहेका वलेफी गाँउपालिकाको सातै जनामा संक्रमण नभएको परिक्षणले देखाएको वलेफी ८ का अध्यक्ष चरीवहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार सातैजना गाँउपालिकाको क्वारेन्टाईनमा वसिरहेका छन् । 
गत मंगलवार कोरोना संक्रमण पुष्टि भएपछि राजधानीको सनसीटीमा वसोवास गर्ने जिल्लाका सवैको परिक्षण गरिएको छ । सनसीटीमा वस्ने र आवतजावत गरेका जिल्लाका ११ जना सवैको विहिवार परिक्षण गरिएको थियो । र्यापिड परिक्षणले सवैको नतिजा नेगेटिभ देखाएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीले जानकारि दिनुभएको छ  । ‘सनसीटीको सम्पर्कमा भएका सवै क्वारेन्टाईनमा वसेका छन्, पहिलो परिक्षणले संक्रमण देखिएको छैन,’ अधिकारी तिवारीले भन्नुभयो  ‘संक्रमणको जोखिममा रहेका सवैलाई क्वारेन्टाइनमा राखिएको छ ।’ तिवारीका अनुसार दु्रत परिक्षणलाई अझै दु्रत गतिमा लगिने छ । 
यस्तै विहीवार सम्ममा जिल्लाभर २७ जना क्वारेन्टाईनमा वसेका छन् । वुधवार १८ जना थिए भने विहीवार एकै दिन ९ जना थपिएका छन् । लगडाउन उल्लङ्घन गरी क्वारेन्टाईन पु¥याईएका  र संक्रमण परिक्षणले नेगेटिभ नतिजा देखाएका ५६ जना घर फर्किएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा हाल सम्म ८३ जनाले क्वारेन्टाईन सेवा लिएका छन् । आठ जना आईसोलेसनमा उपचार गरि फर्किएका छन् । आईसोलेसनमा रहेका सवैको स्वाव परिक्षणमा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भएपछि घर फर्किएका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जनाकारी दिनुभएको छ । चापागाईका अनुसार विहीवार सम्म जिल्लामा भाईरस संक्रमणको लक्षण भएका विरामी छैनन् । 
जिल्लामा कोरोना फैलन नदिन र रोकथाम गर्न साविकको तीन निर्वाचन क्षेत्र अनुसार जिल्ला समन्वय समितिको समन्वयमा जिल्लामा तीन वटा क्षेत्रिय क्वारेन्टाईन र आईसोलेसन निर्माण गरिएको छ । वाह्रै वटा स्थानिय तहले पनि क्वारेन्टाईन निर्माण गरेका छन् । जिल्लामा विहीवार सम्म ४ सय ७१ जना क्षमताको क्वारेन्टाइन रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी तिवारीले जनाएका छन् । चौतारा, मेलम्ची र वाह्रविसे नगरपालिकाले व्यवस्थापन गर्ने गरि तीन क्षेत्रिय क्वारेन्टाईन संञ्चालनमा छ । यो सँगै हेलम्वु गाँउपालिकाले १ सय ७५ क्षमताको क्वारेन्टाईन निर्माण गरेको जानकारी पठाएको तिवारीले वताउनुभयो । उहाँका  अनुसार कतिपय क्वारेन्टाईन मापदण्ड अनुरुप नभएकोले तत्काल त्यसको मापदण्ड पुर्याउन स्थानिय सरकारसँग समन्वय गरिएको  छ । मेलम्ची नगरपालिकाले संभावित जोखिम आँकलन गरि विहीवार मात्र ४१ वेड क्षमताको क्वरेन्टाईन थप गरिएको नगर प्रमुख डम्वर अर्यालले जानकारी दिनुभयो  । अर्यालका अनुसार जयवागेश्वरी माध्यमिक विद्यालयमा ४१ जना वस्न मिल्ले क्वारेन्टाईन निर्माण गरिएको हो ।

, , , , , ,