बाँचे संन्सार देखिन्छ वडाअध्यक्ष महत


सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० साँगाचोक कार्कीटार मा पिता यम बहादुरमहत माता खोपमाँया महत को कोष बाट २०३० मा जन्मनु भएका बेल बहादुर महत हाल सोही वडाको वडा अध्यक्ष समेत  रहनु भएको छ ।
प्रस्तुत छ उँहा सँग लोकप्रिय समाचार ले गरेको  छोटो कुरा कानी
१ यँहाको परिचय दिनुहोस न 
मेरो नाम बेल बहादुर महत हो  सिन्धुपाल्चोक जिल्ला चौतारा साँँगाचोकगढी नगर पालिका वडा नं १० कार्कीटारमा जन्म भइ हाल जल्केनिमा स्थाइ बसोबार गर्दे आएको र सोही वडा नं १०को वडा अध्यक्ष को रुपमा जनताको सेवा गरिरहेको छु
२ बिश्वब्यापीरुपमा फैलिएको कोरोनाको महामारिको रोक थाम तथा नियन्त्रणका लागी के के काम भएका छन ।
 जब यो रोगको माहमारि फैलिएको समाचार आयो त्यस पछी सरकारले रोग नियन्त्रणका लागी तत्काल बन्दा बन्दी को घोषणा गरेको थियो । यो अहिले सम्म निरन्तर चलिरहेको छ । र तत्काल नगरपालिकाको बैठक बसेर नगरपालिका भित्र आबश्यक उपायहरु द्धारा  भाइरसको रोकथाम गर्ने निर्णय भयो हामीले पनि सोही अनुसार वडा नं १०मा चैत्त १०गते देखि १३ गते सम्म  नागरिकलाइ चेतना जगाउँनका लागिमाइकिङ्ग गर्ने काम गरियो । यो रोगको लक्षण अनि रोग लाग्न नदिन साबुन पानीले हाथ धुनका लागि अनुरोध गर्दे माक्स समेत लगाउन र सरसफाइका  सम्बन्धी  नागरिकलाइ चेतनामुलक  शन्देसहरु प्रबाह गरिएको ,छ ।
३  आफ्ना नागरिकको सुरक्षाका लागि के के कामहरु भएका छन 
यस वडाका नागरिकको सुरक्षाका लागि सरकारले  जारि गरेका निर्देशन पालना गर्दे लकडाउँनलाइ प्रभाबकारिता ढङ्गले कार्यन्वयन गर्दै  अत्याबश्पक काम बाहे द्दर बाहिर जान आउँन बन्द गरियो । दिर्घ रोगि यस अघि बिरामी परेका हरु जसले औषधी सेवन गरिरहेका छन त्यस्ता नागरिकलाइ बिशेष प्राथमिकतामा राख्दै साबुन,सेनिटाइजर, बितरण गरिएको छ भने स्वास्थ्य कर्मी सहित जेष्ट नागरिकको घरघरमा  आबश्उक औषधीहरुको ब्यस्था गरिएको छ
४,माहामारि रोक थाम तथा नियन्त्रणका लागी श्रोत कँहाबाट आएको छ ।
यो रागको रोकथामका लागि नगरपालिका वडाका बिभिन्न सामाजिक संघ संस्था र समाज सेवीहरु बाट भएको सहयोगबाट यो काम गरिरहेका छौ ।
५ वडा नं १० नं वडामा  बिदेसबाट आएका हरु छन कि छैनन छन भने कसरि ब्यबस्थापन गर्नु भएको छ 
वडा नं १०मा स्थाइ बसोबास गरि रोजगारिको सिलसिलामा बिदेस गएकाहरुलाइ हामी ले गाँउमा आइ सके पछि स्वास्थ्य परिक्षणाको ब्यबस्था गरेका छौ । हाल सम्म एक जना आउँनु भएको छ उँहाको पनि स्वास्थ्य परिक्षण गरिएको त्यस्तो कुनै पनि रोगको लक्षण देखीएको छैन ।
६  यस वडामा लकडाउँनको कतिको प्रभाब छ यो अबस्थामा कृषी पेशामा लागेकाहरु के गर्दै छन 
यस वडामा लकडाउँनको प्रभाब राम्रै परेको छ । हामीले यस वडाका कृषकका लागि मकै रोप्ने धान को बिउ राख्ने समय भएकाले यस्ता कृषी उत्पादनमुलक कामका लागी वडा बासिलाइ प्रोत्साहन दिइ राखेका छौ । यहि काममा कृषकहरु ब्यस्त रहनु भएको छ । अहिले हामीले कृषकको सुबिधाका लागि रासायनिक मल तथा बिउ बिजनका लागि सहकारि मार्फत आबश्यक ब्यबस्था गरिएको छ । खाश गरि कृषकहरु तरकारि  उत्पादकहरुले राम्रो सँग तरकारिको बजार पाउँन सकेका छैनन  दुग्ध उत्पादकहरुले बजार नपाउँदा आर्थिकमा समस्यामा परेका छन। हामिले उत्पादनमुलक कार्यमा लागेका कृषकहरुलाइ आबस्यक सहयोग गर्न पनि सकेका छैनो तै पनी यस वडाका कृषकहरु कृषी पेशामा लगनशिल रही रहनु भएको छ । 
७ बिकाशका कामहरु कसरि अगाडी बढी रहेको छ 
 बिकासका कामहरुको कुरा गर्दा लकडाउन भन्दा अगाडी भएका कामहरुको समेत भुक्तानी दिन सकिरहेको छैन , बिशेष अबस्थामा रहेका छौ , बिकासका कामहरुका सम्झौता भइ सकेका तर काम बाँकी भएकाहरुलाइ कसरि काम गराउँने भन्ने बारेमा टोल सुधार समितीहरु साँग सम्म्वन्वय गर्दै अगाडी बढ्ने योजना रहेको छ । लक डाउँनका कारण बिकाशका कामहरुमा ढिला भएको बिषयमा कसरि अगाडी बढ्ने भन्ने बिषयमा नगर कार्य पालिकाको बैठकले गरेको निर्णय अनुसार अत्याबश्यक कामहरु गर्ने भएकाले पनी अब बिकासका कामहरुमा सहज हुने भएको छ ।
८ अन्तमा यँहाको भनाइ केही छ की
अन्तमा मेरो वडाका बिषयमा लोकप्रिय समाचारले केही चासो राखेर मेरा भनाइ राख्ने मौका दिनु भएकोमा  लोकप्रिय नेत्रज्योती संञ्चार समुहलाइ हार्दीक धन्य बाद दिन चाहान्छु । बिश्वब्यापिरुपमा  फैलिएको यो महामारिका बेलामा वडाको निती सरकारको निर्णय मानेर सहयोग गर्नु हुनै सबैमा धन्यबाद दिदै सरकाले नागरिकका लागी गरेको लक डाउँनका पुर्ण रुपले पालना गर्दे अत्याबश्य काम बाहेकको अबस्थामा कोही पनी घर बाट बाहीर ननिस्कन र आबश्यक परेको खण्डमा पनी सुचना गरि आबश्यक पास लिएर मात्र निस्कन अनुरोध गर्दछु  । आफु बाँचे संसार देखीने छ ।  बाँच्न र बँचाउँनका लागी पनि घरबाट कोही पनी बाहीर ननिस्कौ ।  यो महामारिको अबस्थामा हामी जति सचेत भयो त्यती नै  सुरक्षित हुने हुँदा यस तर्फ ध्यान दिन अनुरोध गर्दछु । साथै यस वडामा कोही बाहिरी जिल्ला गाँउ वा बिदेशबाट आउँनु भएको छ भने तत्काल वडामा सम्पर्क राख्न सकेत सबैमा अनुरोध गर्दछु । 

, , , , ,