१४ दिन देखि हराईरहेका सुरज लामाको आज हेलिकप्टर मार्फत उद्धार

अर्जुन शर्मा, चौतारा, १९ बैशाख  
१४ दिन देखि हराईरहेका सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा ४ का सुरज लामालाई आज हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

 रसुवा नुवाकोट र सिन्धुपाल्चोक सीमा क्षेत्र शुर्यकुण्ड फेदि बाट उद्धार गरि काठमण्डौ लगिएको छ ।
लकडाउनका कारण पैदल हिँडेर घर आउँदै गरेका उनी ७ बैशाखमा रसुवास्थित सुर्यकुण्ड भन्नेस्थानमा हिउँमा फसेका थिए । १० दिनसम्म हिउँमा फसेका उनी ११ औं दिनमा हिउँबाट निस्किन सफल भएर सुर्यकुण्ड फेदीस्थित गोठमा बसेका थिए ।
बैशाख ६ गतेदेखि सम्पर्क बिहिन भएका सिन्धुपाल्चोकका सुरज लामा ११ दिनपछि बुधबार सम्पर्कमा आउनुभएको थियो ।
सुरजले आफु ८ गतेदेखि हिउँमा फसेकाले हिड्न नसक्ने भएको बताउनु भएको थियो । सुरजलाई सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री र नेकपा केन्द्रीय सदस्य माधव सापकोटको विशेष पहलमा उद्धार गरिएको हो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको गाउँपालिका अध्यक्ष क्षेत्रीले जानकारी दिनु भयो ।
उनि रसुवागढी जलविद्युत आयोजनाको निर्माण गरिरहेको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनमा कार्यरत थिए । बैशाख ६ गते मेलम्ची हुँदै घर हिँडेका उनि गोसाईगुण्डको तारेभीरमा फसेका थिए ।

, , , ,