पाँचपोखरी थाङपालद्धारा पालिकावासिलाई धानको बीउ बितरण

शुसिल सुबेदी, मेलम्ची, वैशाख १९ । 
पाँचपोखरी थाङपाल गाउँपालिकाले गाउँवासिहरुलाई विभिन्न जातका धानको बीउ बितरण गरिरहेको छ ।

गाउँपालिकाको कृषि विकास शाखामा आएको मागको आधारमा ७५ प्रतिशत अनुदान अन्तर्गत धानको खुमल २, खुमल ११ र ताईचिन जातको बीउ बितरण सम्बन्धित वडाकार्यालय मार्फत कृषक, टोल र समुदायहरुमा बितरण गरिरहेको कृषि शाखाका प्रमुख निम राज गिरीले बताउनुभयो ।
विश्व भरी महामारिको रुपमा फैलिएको कोरोन भाईरस ९कोभिड ९१९० ले प्रत्यक्ष रुपमा असर पारिरहेको र देश लकडाउन रहेको विषम परिस्थितिमा गाउँवासिहरुलाई खाद्य सुरक्षा सँग सहयोग पुर्याउने र बीउ बचाउने उदेश्यले कृषकहरुलाई बीउ वितरण गरिएको गिरीले जानकारी दिनुभयो । गाउँपालिकाले यहि बैशाख १७ गतेदेखि बीउ वितरण थालेको हो । १७ गते थाङपालकोट, १८ गते भोटेनामलाङ, आज लाँगर्र्चे र भोली २०गते बरुवा, बाँसखर्क र २१ गते थाङ्पालधाप टारमा बितरण गर्ने पनि गिरीले जानकारी दिनुभयो ।

, , ,