मेलम्चीमा दीर्घरोगको औषधी वितरण सुरु

मेलम्ची, बैशाख २५ । 
मेलम्ची नगरपालिकाले नगरपालिकाका दिर्घरोगीहरुलाई निशुल्क औसधि वितरण सुरु गरेको छ । Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal ...
हिजोबाट नगरमा रहेका ७ वाट दीर्घरोगका औषधी सेवन गर्ने नागरिकलाई निशुल्क औषधी वितरण सुरु गरिएको नगर प्रमुख डम्वर अर्यालले जानकारि दिनुभयो । लगडाउनको समय लम्विए सँगै नियमित औषधी सेवन गर्नेलाई असहज भएको गुनासो वढेसँगै औषधी वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगर भित्रका सुगर, प्रेसर, वाथरोग, कलेजेको विरामी, मृगौला, मुटु रोगको  औषधी वितरण गरिएको जनाएको छ ।

, , ,