छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

चौतारा, जेष्ठ १४ । 
१८ वर्षीय आफ्नै छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीमा ४३ वर्षीय एक जना पक्राउ परेका छन् ।
balatkaar-jabarjasti-karani - SangaloKhabar
 छोरीलाइ बिगत देखिनै पटक पटक बलात्कार प्रयास गरेको भन्दै बालिकाको आमाले प्रहरीमा उजुरी दिएपछि आज बालिकाको बुबालाइ प्रहरीले घर बाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चौताराका सुचना अधिकारी माधब प्रसाद काफ्लेले जानकारी दिनुभइको छ । ११ गते किशोरीलाई घरभित्र नै लडाइ भित्रि वस्त्र खोली जबरजस्ती गर्न खोजेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय मेलम्चीलाई मौखिक उजुरी दिएकी थिइन् ।
प्रहरीले अनुसन्धान गर्दा पीडित किशोरीले समेत बाबुले ४ वर्ष अघिदेखि नै जबरजस्ती गरेको स्विकारेकी थिइन् । पक्राउ परेको निजको थप अनुसन्धान भइरहेको छ । 

, ,