चीनको नेलम कन्ट्रीद्धारा भोटेकोशी लाई स्वास्थ्य सामग्री प्रदान

भोटेकोशी, बैशाख ३० । 
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई चीनको नेलम कन्ट्रीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
Image may contain: sky, tree and outdoor
 चीनको नेलम कन्ट्री र खासा प्रशासनका उच्च अधिकारीले नेपाल–चीन सीमा मितेरीपुलमा भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
एक महिनाअघि सम्पन्न सीमा सुरक्षा बैठकमा नेलम कन्ट्रीको तर्फबाट सीमा जोडिएका जिल्लालाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने चीनको तर्फबाट प्रतिबद्धता भएको थियो । सोही प्रतिबद्धताअनुसार सोमबार  चिनियाँ अधिकारीले स्वास्थ्य सामग्री प्रदान गरेको भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभयो । चीनको नेलम कन्ट्रीबाट मेडिकल मास्क पाँच हजार थान, एन–९५ मास्क दुई हजार थान, थर्मो्मिटर पाँच थान, सामान्य थर्मो्मिटर ५० थान, आइसोलेसन गाउन ५० र २०० थान पिपिइ सेट गाउँपालिकालाई हस्तान्तरण भएको उपाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । रासस

, , , ,