अनेरास्ववियू भक्तपुर क्याम्पसका नेताहरु द्धारा राहत वितरण

भक्तपुर, बैशाख २६ ।  
अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पसका नेताहरुले बन्दाबन्दी (लकडाउन) मा समस्या परेका विद्यार्थीलाई खाद्यान्न वितरण गरेको छ । 
अनेरास्ववियूका केन्द्रीय सदस्य एंव सानोठिमी क्याम्पसका स्ववियु सभापति रमेश खड्काको सहयोगमा लकडाउनमा घर जान नपाएका विद्यार्थीहरुलाई घरमै पुगेर विद्यार्थी नेता दिपेश बिसुन्के,नवीन शर्मा र नितेश विष्टको पहल कदमीमा राहत दिएको बताएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमसँगै सरकारद्धारा चैत ११ गतेदेखि जारी लकडाउनको कारण समस्यामा परेका भक्तपुरका विभिन्न ठाउँहरुमा रहेको विद्यार्थीहरुलाई राहत वितरण गरेको हो । 
यसैगरी  नेता दिपेश बिसुङ्केले समस्यामा परेका भक्तपुर जिल्ला भित्रका विद्यार्थीलाई मानविय आस्था नेपालको सहयोगमा पनि राहत वितरण गरिएको जानकारी दिनुभएको छ ।
उहाँका अनुसार अहिलेसम्म ५० जना भन्दा बढी विद्यार्थीहरुलाई अनेरास्ववियू भक्तपुरको समन्वयमा राहत वितरण गरिसकिएको छ । उहाँका अनुसार समस्या परेका विद्यार्थीलाई अहिले पनि राहत वितरण गरिएको हो । अखिलले मानविय आस्था नेपाल सँगको समन्वयमा चामल, दाल, तेल,नुन, चिउरा लगायत खाद्यान्न उपलब्ध गराएको हो ।

, , ,