विपद व्यवस्थपन कोषलाई ५१ हजार रकम सहयोग
चौतारा, जेष्ठ ७ ।
सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउपालिकाको विपद व्यवस्थपन कोषलाई मान बहादुर अधिकारीले ५१ हजार रकम सहयोग गरेको छ ।
वडा नं.६ का स्थानीय अधिकारीले बुधबार सो रकम गाउँपालिकामा हस्तान्तरण गर्नुभएको पालिकाका प्रवक्ता पासाङ लामाले जानकारी दिनुभएको छ । यस अघि सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधावापतको रकम स्वेच्छिक रुपमा “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ”मा जम्मा गर्ने निर्णय गरेका थिए ।
गाउँपालिकाले ५० लाख रुपिँयाको “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ” स्थापना गरेर काम गरिरहेको र सो कोषमा रकम जम्मा गरिएको गाउँपालिकाका प्रवत्ता एवम वडा नम्बर २ का वडा अध्यक्ष पासाङ लामा तामाङले जानकारी दिनुभयो ।