काठमाण्डौ पत्रकार महासंघले गर्यो कोराना परिक्षण


 नेपाल पत्रकार महासंघ, केन्द्रीय समिति काठमाण्डौको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको संमन्वयमा पत्रकारमहासंघ केन्द्रीय कार्यालयमा मङ्गलबार अग्र मोर्चामा खटिएर काम गरिरहेका १ सय ९१ जना सञ्चारकर्मीको कोरोना भाइरस कोभिड –१९ परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।
बिभिन्न समस्यामा रहेर पनी आफ्नो पेशामा लागेका सञ्चाकर्मीहरुले जोखिम मोलेर  काम गरिरहेका छन। यसरी जोखिममा रहेका सञ्चाकर्मीहरुको बारेमा महासघंले यो  कार्यक्रम गरेको हो ।
कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं प्रेस काउन्सीलका सदस्य गोबोन्द चौलाँगाईको संयोजन , स्वास्थ मन्त्रालयको  तर्फ बाट सहयोगी भूमिका निर्भाहा गर्नु भएका माधव तिवारी  र पत्रकार माहासङ को आयोजनामा स्वाब संकलन गरिएको हो ।

कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिइरहेको बेला अग्र स्थानमा  काम  गरिरहेका  पत्रकारहरुको र स्वाब संकलन गरिएको प्रेस काउन्सिलका सदस्य गोबिन्द चौलागाँइले जानकारी दिनु भयो ।
 उँहाले आफु लामो समय देखी पत्रकारिता क्षेत्रमा काम गरेको र यसरी काम गर्दा सञ्चार कर्मीहरुलाइ पर्ने समस्याका बारेमा आफु जानकार रहेको ले पनी  कुनै पनी सञ्चारकर्मीलाइ स्वास्थ्यको समस्या नपरोस भन्दै यो कार्य गरेको बताउँनु भयो ।कोरोना भाइरसको महामारीको बेला प्रेस काउन्सिलका सदस्य चौलागाँई पत्रकारहरुको स्वास्थ सुरक्षा , राहात लागतयका कार्यका कृयासील रहेर काम गरिरहनु भएको छ  ।

, , , ,