प्रेस ज्याकेट र कार्ड भीरेरै पत्रकारद्धारा गाउले कुटपीट गरि फरार

चौतारा,जेष्ठ ३ ।
 सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ धुस्कोटमा शुक्रबार पत्रकारकै अगुवाईमा रहेको एक समूहले स्थानीय एक युवामाथि कुटपीट गरेका छन ।
Nepal Daily
दुई गाउँबीचको भीडन्तमा परी स्थानीय बिलबहादुर तामाङ गम्भीर घाइते भएको र उपचारका लागि अस्पताल लगिएको वडाध्यक्ष बिरमान तामाङले बताउनु भएको छ । घाइते तामाङको टाउँको र अनुहारमा चोट लागेको प्राप्त समाचारमा जनाएको छ । घरनास्थलबाट प्रहरीले खुकुरी र फलामको रड बरामद गरेको वडा कार्यालयले जनाएको छ । खानोपनीको विषयमा वडास्तरीय मिटिङ बसिरहेका बेला पत्रकार प्रितम तामाङ लगायतका २०–२५ जनाको समूहले विवाद चर्काएका थिए ।
स्थिति असामान्य भएपछि बैठक स्थगित गरेका थिए । नजिकैको अर्को गाउँमा पुगेर पत्रकार तामाङले पसलमा खाजा खाइरहेका एक युवालाई फलामको रड र मुक्क प्रहार गरेको सख्त घाइते पारेको प्रत्यक्षदर्शीहरुले बताएका छन ।
घटनामा पत्रकार तामाङ प्राइम टेलिभिजनबाट लिएका प्रेसको ज्याकेट र कार्ड भीरेकै अवस्थामा रहेको वडाध्यक्ष बीरमान तामाङले बताउनु भएको छ । आक्रमण गरि पत्रकार फरार रहेका छन् अनिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

, , ,