रेडियोकर्मी पत्रकारहरुको कोरोना बिमा


चौतारा, जेष्ठ १८ 

रेडियो सिन्धु र सिन्धु एफएम रेडियोमा आवद्ध कर्मचारी पत्रकारहरुको कोरोना बिमा गरिएको छ ।
नेपाल प्रेस युनियन सुनसरीद्धारा २६० ...
कोभिडसँग सम्बन्धित समाचार तथा कार्यक्रम निमार्णमा खटिने सञ्चारकर्मीलाई सहयोग र्पुयाउने उद्देश्यले प्रतिव्यक्ति १ लाख बराबरको बीमा गरिएको रेडियो संचालन समिति कोषाध्यक्ष दिलमाया खडकाले जानकारी दिनुभएको छ ।
बिमालेख रेडियो सिन्धु १०५ मेगाहर्ज र सिन्धु एफएम सिन्धुपाल्चोक रहने गरि आएइमई जनरल इन्स्योरेन्स लिमिटेडमा एक वर्षका लागि बिमा गरिएको खडकाले जानकारी दिनुभयो । सस्थाले आफ्ना कर्मचारीको काममा हौसला प्रदान गर्न सानो प्रयासको थालनी गरेको अध्यक्ष रत्न प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । बिमा अवधि २०२१ मे सम्मको रहनेछ । बिमा रकम भुक्तानी हुनका लागि व्यक्तिको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हुनुपर्नेछ ।

, , , ,