कोरोनाले आमा गुमाका नाबालाकको जिम्मा काँग्रेस नेता बस्नेतले लिनुभयो

रूपक पुरी, चौतारा । 
नेपालमा पहिलो कोरोना भाईरसवाट मृत्यु भएकि सुत्केरी महिलाको नावालक बच्चाको अभिभावकत्व नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन वहादुर वस्नेतले लिनुभएको छ ।
Minister Basnet sees need of forum to promote talents « OSNepal ...
कोरोना भाईरसका कारण गत विहिवार राति धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका ९ कि सुत्केरी महिलाको मृत्युु भएको थियो । पूर्व मन्त्री बस्नेतले शिशुको पौष्टीक आहारको लागि ५० हजार रूपैयाँ तत्काल सहयोग गर्ने बताउनुभएको छ ।
 शिशुलाई १२ कक्षासम्म निशुल्क रूपमा शिक्षा लगायतको विभिन्न सहयोग र उच्च शिक्षा पश्चात रोजगारी समेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उहाँले प्रतिवद्वता जनाउनुभएको छ ।
आमाको मृत्यु पश्चात् उक्त नाबालाक शिशुको अहिले धुलिखेल असपतालमै आईसोलेसनमा उपचार भैरहेको छ । अस्पतालका अनुसार मृतकका श्रीमान तथा नवजात शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको बुझिएको छ ।

, , , , ,