मेलम्चीमा आवत जावतमा थप कडाइ

मेलम्ची, जेष्ठ १ । 
मेलम्ची नगरपालिकाले आवत जावतमा थप कडाइ गरेको छ ।  बिहिबार लुम्बिनि बाट आएका १ जनालाइ क्वारेन्टाइनमा राखिएको छ ।

 उनलाइ लिएर पाँचपोखरी थाङ्पाल गाउँपालिका जान लागेका बाइक चालक र उनलाइ खाल्डेखोला प्रहरीले नियन्त्रण्मा लिएको इलाका प्रहरी कार्र्यलय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो । चालकलाइ भने होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।
बाइकको माध्यमले मानिसहरु ओसार प्रसारगर्नेलाइ निगरानि गरि यस्तो गतिबिधिलाइ बन्द गरिने मेलम्ची नगर उपप्रमुख भगवति नेपालले जानकारी दिनुभयो । अहिले मेलम्ची क्षेत्रिय क्वारेन्टाइनमा ८ जना रहेको उपप्रमुख नेपालले जानकारी दिनुभयो । यसैबिच आज बाट पुन लकडाउनलाइ थप कडाइ पारिएको छ ।  म्यान क्याचर यन्त्रबाट ७ महिला र १३ पुरुषलाइ नियन्त्रणमा लिइ कोरोना सक्रमण हुने तरिका, लकडाउन र हातधुने तरिकाको बारेका १ घण्टाको प्रशिक्षण पछि अब लकडाउनको उलङ्घन नगर्ने सर्तमा छोडिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो । साथै लकडाउनलाइ ब्यवास्ता गर्दै गुडेका १५ वटा मोटरसाइकल र चालकलाइ कार्रबाहि गरिएको तामाङले जानकारी दिनुभयो ।
 सघिंय सरकारको निर्देशन अनुसार मेलम्ची प्रवेश गर्ने नाकाहरुमा थप कडाइ गरिएको छ । बाहुनेपाटि, भोटेचौर, र ढाँडखोलाका नाकाहरुमा थप कडाइ गरिएकोे तामाङ्ले जानकारी दिनुभयो । साथै अति आवश्यक काम बाहेक हिड्डुल नगर्न र मानिसहरु ओसार पसार नगर्न इलाका प्रहरी कार्यालय मेलम्चीले अनुरोध गरेको छ ।

, , ,