क्रसर व्यवसायी र स्थानीयबीच झडप

काभ्रेपलाञ्चोक, १ जेष्ठ २०७७ । 
बिहिबार काभ्रेपलाञ्चोकको भुम्लु गाँउपालिकामा क्रसर व्यवसायी र स्थानीयबीच झडप भएको छ ।
Asleep RPP candidate found dead in Kavre – OnlineKhabarकोरोना महामारीका बेला क्रसर नियमित रुपमा चलिरहेको भन्दै स्थानीयले टिपर रोकेपछि शुरु भएको विवादका कारण झडप भएको हो ।
 उक्त झडपबाट दुबै पक्षका केही युवा घाइते भएको भुम्लु गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष एवं प्रत्यक्षदर्शी दलबहादुर तामाङले जानकारी दिनुभएको छ । तामाङका अनुसार ‘टिपर चलाउन नदिने भन्ने विषयमा विवाद हुँदा झडप भएको हो । 
जेठ एक गतेदेखि वितरण गरिएको पास समेत सरकारले खारेज गरेर लकडाउन कडा गरिएको बेला पनि टिपरले लगातार गिटीबालुवा ओसारी रहेको भन्दै स्थानीयले विरोध गरेका थिए ।

, , ,