धुलिखेलमा निधन भएकी महिलाको गाउँमा गरियो शील

अर्जुन शर्मा, चौतरा जेष्ठ ३ । 
धुलिखेल अस्पतालमा हिजो शुक्रबार निधन भएकी महिलाको गाउँमा शील गरिएको छ ।
 आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे ९ की २९ वर्षीय महिलाको गाँउलाई सिल गराएको हो ।  निधन भएकी महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित संक्रमणलाई रोक्न उक्त गाउँ शील गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपालले जानकारी दिनुभएको छ । 
बाह्रबिसे नगरपालिका ९  संगै बलेफि गाउँपालिका ८ र ९ पनि शील गरिएको छ । उक्त शील गरिएका ठाउँहरुबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिने भएको छ । साथै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द पनि शील गरिने भएको छ । ती महिला उपचारका लागि त्यहाँ गएको हुनाले उक्त केन्द्र पनि शील गरिने भएको हो ।

, , ,