इन्द्रावती २ ले शुरु गर्यो खाद्य सुरक्षा अभियान

चौतारा, ५ जेठ । 
कोरोना भाइरस कोभिड१९ को महामारी र यसको प्रभावबाट हुन सक्ने खाद्य असुरक्षाबाट बच्नका लागि इन्द्रावती गाउँपालिका वडा नं २ मा खाद्य सुरक्षा समिति गठन गरिएको छ ।
 बजारमा कोरोना त्रास : राजधानीका ...
वडा सदस्य शेर्पा गिरीको नेतृत्वमा गठित समितिको समन्वय इन्द्रावती साना किसान कृषि सहकारी संस्थाले गर्ने निर्णय गरिएको हो ।
स्थानीय स्तरमा उपलब्ध हुने अन्न लगायतका खाद्यान्न संकलन गर्ने र दैनिक गुजाराका लागि अप्ठ्यारो परेका नागरिकहरुलाई वितरण गरी खाद्य अभावका कारण कसैले पनि जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले यो अभियान शुरु गरिएको सहकारीका अध्यक्ष रामशरण गिरीले जानकारी दिनुभयो ।
अभियान शुरु गरेकै दिन आइतबाररु ३० हजार संकलन भएको छ । यस अभियानमा दाताहरुले नगद वा खाद्यान्न दान गर्न सकिने छ ।
संकलित नगद वा खाद्यान्नलाई वडाका अति विपन्न परिवारलाई वितरण गरिने साथै साथै यस अभियानमा सहयोग गर्नका लागि समितिको तर्फबाट आग्रह गरिएको छ ।

, , ,