कोरोना बाट मृत्यु भएको परिवारका रिपोर्ट नेगेटिभ

चौतारा, ५ जेठ । 
सिन्धुपाल्चोक जिल्ला बाह््बिसे नगरपालीका रामचेमा  कारोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु भएकी सुत्केरी महीलाको  शिशु र श्रीमान सहित परिवारका ५ सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । 
मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहि श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको गत बिहीबार राति मृत्यु भएको थियो ।