डडुवामा शुरु भयो इन्द्र पुजा

नेत्र बहादुर बस्नेत,चौतारा
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४ स्थित डडुवको कृष्ण मन्दीर स्थलमा आइतबार बिहानै देखी इन्द्र पुजाको शुरु गरिएको छ ।
 बिश्वमा भइरहेको  कोरानाको महामारी रोक्नका का साथै यो महामारीको समयमा कृषकले गरेको खेती मकैमा बिभिन्न रोग लागेको र  पानी नपरेको कारण पानी माग्न र महामारीको रोग अन्त्यका लागी यो पुजा गरिएको पंण्डीत नारयाण प्रसाद सिग्देलले बताउँनु भयो । उक्त स्थानमा इनद्र पुजाका साथै सत्यनारायणको पुजा बिभिन्न देबी देवताहरुको समेत पुजा गरिने पंण्डीत  अर्जुन सिग्देलले जानकारी दिनु भयो । सम्पुर्ण गुठीयारहरुको तर्फबाट भुमिनन्द नेपाल कर्ता रहेको उक्त पुजाका लागी घर घर।बाट  धुप अक्षता  सङ्कलन गरिएको थियो । 
लकडाउँनका कारण धेरै भिड गर्न नहुने भएकाले गुठीयारहरुले बिहानै देखी पुजाका लागी आबश्यक सामाग्री ल्याइदिएका स्थानीय इन्द्र बहादुर पुरीले बताउँनु भयो । भुकम्पबाट क्षेती भएको मन्दीरहेका स्थानमा पुन मन्दी निर्माणको प्रतिक्षामा रहेको छ । 
यसका लागी सहयोग गर्न सबै सँग अपिल समेत गरिएको छ । मन्दीर निर्माण गर्नका लागी आफुले बिभिन्न निकायमा पहल गर्दा पनी हाल सम्म निर्माण हुन नसकेको इन्द्र बहादुर पुरीले बताउँनु भयो । बिगतका बर्षहरुमा  यो ठाँउमा इन्द्र पुजा गरे पछी  पानी पर्ने गरेको र यस बर्ष पनि पानी पार्नको लागी यो पुजा को ब्यबस्था गरिएको स्थानीय बिनोद नेपालको भनाइ रहेको छ ।  

, , ,