सिन्धुपाल्चोकको तिनवटै वडाको सिल खोलिनुका साथै पत्रकारहरको कोराना परिक्षण १२गते

सिन्धुपाल्चोकको तिनवटै वडाको सिल खोलिनुका साथै  पत्रकारहरको कोराना परिक्षण हुने
सिन्धुपाल्चोक जिल्लामा कार्यरत सञ्चार कर्मीहरुको कोराना परिक्षण हुने भएको छ।

जेष्ठ ९गते शुक्रबार बिहान बसेको जिल्ला कोभिड०१९ संकट ब्यबस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । यस अघी बारबिसे नगरपालीकाको वडा नं ९ र बलेफी ७,८मा जेष्ठ ३गते देखी लागु गरिएको सिल अर्थात शक्रबार बिहान ११ बजे देखी नै खुल्ला गर्ने निर्णय समेत बैठकले गरेको छ । सिन्धुपाल्चोक जिल्ला बार्ह्बिसे न.पा.९ को कोरोना भाइरस को सक्रमण बाट निधन भएको महिला को सम्पर्कमा भएको सबै १९७ जनाको पिसिआर बाट गरिएको परिक्षण मा सबैको नेगेटिभ रिपोर्ट आएपछी सिल गरिएको वडाहरु खोल्ने निर्णय गरिएको हो ।प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेकोगरेको हो । बैठकमा सिुल खुल्ला गरिएको भएता पनी लकडाउँन भने कायमै रहेकाले लकडाउँनको पुर्ण रुपमा  पालना गर्न समेत सबैमा अनुरोध गरिएको छ । जिल्लामा कार्यरत सञ्चार कर्मीहरुको  आगामी १२गते सोमबारका दिन कोभिड०१९रोग परिक्षण गरिने भएको छ । स्वास्थ्य कार्यलयका सिन्धुपाल्चोकका प्रमुख दुर्गा दत्त चापागाँइले जिल्लामा सक्रिय रहेका संञ्चार कर्मी हरुका  कोराना परिक्षण गरिने र त्यस पछी सुरक्षकर्मी हरुको समेत परिक्षण गरिन लागेको बताउँनु भयो ।

, , , , ,