टिआईकोे छलफलले थप्न सहयोग पुग्यो १ करोड बजेट

श्रृजना दंगाल, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको माझि बस्तिको एकिकृत बस्ति निर्माणको लागि पुर्ननिर्माण प्राधिकरणबाट १ करोड ६२ लाख र २ करोड १६ लाखको स्थानिय बासिको लागत साझेदारीका उक्त बस्ति बन्दै गरेको थियो ।  


यसरी करिब ४ करोड बजेटमा बनेको पुर्ननिर्माण प्राधिकरणको आर्थिक सहयोग  र स्वेताश्री फाउण्डेशनको समन्वयमा ५४ घर झ्याडी एकिकृत बस्तिको नाममा निर्माण भइरहेको थियो । निर्माण कै क्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले त्यस सिमान्तकृत माझि समुदायसंग बस्ती पुनर्निमाणमा देखिएको समस्या, चुनौति र जिविकोपार्जन, तथा बस्तिको आगामि योजनाका बारेमा छलफल गरिएकोे थियो । छलफलकै क्रममा अन्य बिकास निर्माणका लागि कहाँ र कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएकोे थियोे । 
छलफलमा उक्त वडाका अध्यक्ष शेरबहादुर श्रेष्ठ चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष शुसिल कुमार माझि, वडाका वडासदस्यहरु, उक्त टोल बिकास समितीका पदाधिकारीहरुसँग लगायत स्थानिय नागरिकहरुसंग बृहत छलफल गरिएको थियो । उक्त बस्तिको समग्र बिकासका लागि कुन कुन तह, सरकारी तथा गैरसरकारी संस्थासँग कसरी सहजिकरण गर्न सकिन्छ भन्ने बिषयमा प्रकृया तथा सम्भाव्यताको विषयमा सहजिकरण गरिएको थियो । 
यसरी संस्थाले अन्र्तक्रिया सम्पन्न गरेको केहि हप्तामा नै वडाध्यक्ष, स्थानिय युवा तथा टोल सुधार समितिका अध्यक्ष दिनेश माझिको संक्रियतामा बाग्मति प्रदेश अन्र्तगत सामाजिक बिकास मन्त्रालयमा उक्त बस्तिको अन्य भौतिक बिकास निर्माणका गर्न बजेट माग गर्न पुगेका थिए । यसरी संस्थाले बाटो देखाई दिएर मन्त्रालयसम्म बजेट माग गरिएको एक सातामा नै बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले निर्माणाधिन उक्त एकिकृत बस्तिको अनुगमन गर्नुभएको थियो उक्त अनुगमन पश्चात मन्त्री दुलालले बस्तिको अन्य बिकास निर्माण गर्नको लागि १ करोड बजेट बिनियोजन गर्नुभएको थियो । 
यसरी संस्थाले सिमान्तकृत बस्तिमा आएर उक्त कार्यक्रम संचालन  गरेपछि नै हामी मन्त्रालयमा नै गएर योजना पार्न सफल भएको वडाध्यक्ष बताउनुहुन्छ । यस बस्तिलाई कसरी नमुना बनाउन सकिन्छ भन्ने  बिषयको छलफलमा नै थियौँ कहाँ र कसरी यस बिषयमा पहल गर्न सकिन्छ भन्ने बिषयमा अन्यौलता रहेको थियो तर टिआई नेपाल आएर हामीहरुको यस बिषयमा कहाँ ? कसरी पहल गर्न सकिन्छ भन्ने बिषयमा छर्लङ पार्याे र हामीले यस बस्तिालाई नमुना बनाउने पहलकदमिमा सफलता प्राप्त गर्यौ ।  
हामिमा कुनै जानकारी नै थिएन यस बिषयमा जब टिआई नेपालले हामी माझ एक कार्यक्रम संचालन गर्यो यसको प्रभावले नै हामिले यस बस्तिमा आबश्यक पर्ने अन्य भौतिक निर्माणका कार्य गर्न मन्त्रालयसँग समन्वय गर्न सकेका हौँ टोल बिकास समितिका अध्यक्ष दिनेश माझिले भने । 

, , ,