ग्याष्ट्रीकको औषधी भन्दै जंगली जडीवुटी सेवन गर्न दिने जीदे तामाङ प्रकाउ


चौतारा, बैशाख २५ । 
पाँचपोखरी थाङ्पाल गाउँपालिका – ४ थाङ्पालकोटका जीदे तामाङलाइ प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको जनाएको छ । तामाङले ग्याष्ट्रीकको औषधी भन्दैजंगली जडीवुटी सेवन गर्न दिँदा सोही स्थानका एक जनाको  मृत्यु भएको थियो भने एक जना गंभीर विरामीपरेका थिए ।
 थाङ्पालकोटकी–३५ बर्षिय मीना तामाङको जडीवुटी सेवनवाट मृत्यु भएको थियोभने उनको श्रीमान अविर तामाङ अचेत अवस्थामा पाईएको र मेलम्चीमा प्राथमिक उपचारपछिथप उपचारको लागि ओम अस्पताल काठमाडौंमा उपचार भैरहेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । झारफुक गर्ने क्रममा झारफुकगर्ने व्यक्ति (झाँक्री) ले जडिबुटी भन्दै दिएको औषधी खाँदा बिरामी परेकोस्थानीयको भनाइ छ । सँगै जडिबुटि खाएकी  १३बर्षिय छोरी रिया तामाङ भने सामान्य अवस्थामा रहेको निरिक्षक फल बहादुर तामाङले जानकारी दिए ।
२१ गते राती जडीवुटी सेवन गरेका तामाङ दम्पती २२ गते अचेत अवस्तामाफेला परेका र उपचारकोलागि लैजाँदै गर्दा मीनाको वाटोमा मृत्यु भएको थियो ।प्रहरीले औषधी भन्दै जंगली जडीवुटी दिएका जीदेलाई मंगलवार पक्राउ गरि अनुसन्धानसुरु गरेको र आज अनुसन्धान नसकिएको भन्दै म्याद थप गरेको जनाएको छ ।

, , ,