नेपाली कांग्रेसका नेतादुर्योधन सिंह चौधरीको निधन काँग्रेसद्धारा शोक ब्यक्त


नेपाली कांग्रेसका नेता, पूर्व राज्यमन्त्री एवं पूर्व सांसद ७० बर्षीय दुर्योधन सिंह चौधरीको शुक्रबार बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उँहाको निधन प्रती नेपाली काँग्रेसले  शोक बिज्ञेप्ती प्रकाशन गरेको छ ।  काँग्रेसका प्रमुख सचेतक बाल कृष्ण खाड द्धारा शुक्रबार जारी बिज्ञेप्तीमा भनीएको छ । नेपाली कांग्रेसका नेता, पूर्व राज्यमन्त्री एवं पूर्व सांसद ७० बर्षीय दुर्योधन सिंह चौधरीको आज बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारको क्रममा भएको असामयिक निधनले हामीलाई स्तब्ध तुल्याएको छ ।


स्व. चौधरी वि.स. २०४८, २०५१ र २०५६ गरी तीन पटक रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको उम्मेदवार भई प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित हुनु भएको थियो । वि.स. २०५१ सालको निर्वाचनमा निर्वाचित हुन भई उहाँले महिला तथा समाज कल्याण तत्पश्चात आपूर्ति सहायकमन्त्री र २०५६ मा निर्वाचित हुनु भई स्थानीय विकास राज्यमन्त्रीको जिम्मेवारी वहन गर्नु भएको थियो ।
नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएका स्व. चौधरी नेपाली राजनीतिमा सरल र शान्त व्यक्तित्वको रुपमा परिचित हुनुहुन्थ्यो । नेपाली कांग्रेसको विभिन्न तहमा रहेर संगठन विस्तार, सुदृढीकरण तथा पार्टीलाई गतिशिल बनाउन सदैव क्रियाशिल रहनु भएका चौधरीको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ ।
उहाँको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै शोकको यस घडीमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजन प्रति  हार्दिक समवेदना प्रकट गर्दछ  बिज्ञेप्तीमा भनिएको छ ।


, ,