एकै पटक थपिए ५७ जना कोरोना संक्रमित, संक्रमित संख्या १९१ पुग्यो

अर्जुन शर्मा, चौतारा, बैशाख ३० । 
नेपालमा एकै पटक ५७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । 
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु जिल्लामा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना थपिएका हुन् । स्वास्थमन्त्रालयका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् । 
यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए । नेपालमा भेटिएकामध्ये हालसम्म ३३ जना निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

, , ,