सामाजिक अध्ययन तथा अनुसन्धान समाजको जिल्ला अध्यक्षमा श्रेष्ठ

चौतारा, जेष्ठ ३ । 
विद्यालय तहमा सामाजिक अध्ययन विषय अध्यापन गराउने शिक्षकहरुको विषयगत संस्था ‘सामाजिक अध्ययन तथा अनुसन्धान समाजको सिन्धुपाल्चोक जिल्ला शाखा गठन भएको छ ।
 जिल्लामा कार्यरत सामाजिक शिक्षकहरुको अनलाइन भेलामार्फत शनिबार शाखाका पदाधिकारीहरु चयन गरिएको हो । बुद्धोदय मावि, लिसंखुपाखरका प्रधानाध्यापक कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा गठित ९ सदस्यीय समितिमा उपाध्यक्ष अमृता सापकोटा, सचिब लेखनाथ भट्टराई, कोषाध्यक्ष जगन्नाथ रिजाल रहनुभएको छ भने सदस्यहरुमा माधब अधिकारी, सहि कु. राई, पुष्कर रायमाझी, मुना के.सी. सरला रेग्मी रहनुभएको छ । त्यसैगरी सल्लाहकारमा श्री तेर्से मावि, तालामाराङका प्रधानाध्यापक कृष्णप्रसाद ढुंगाना र बालशिक्षा मावि, खाडीचौरका प्रधानाध्यापक बासु पौडेल रहनुभएको छ । 
कार्यक्रमको सहजीकरण लक्ष्मण श्रेष्ठले गर्नुभएको उक्त अनलाइन भेलामा समाजका केन्द्रीय अध्यक्ष महेन्द्र विष्ट, उपध्यक्षद्वय शान्ता ढकाल र सूर्य गुरुञ, महासचिव ज्ञान बहादुर अधिकारी कोषाध्यक्ष सुशिला ढकाल लगायतको सहभागिता रहेको थियो ।
जिल्लाभरका सामाजिक विषय अध्यापन गरिरहका सबै शिक्षकहरुलाई क्रमशः आवद्ध गराउँदै विषयगत दक्षता र पेशागत विकासमा सहयोग पुर्याउने गरी अनुभव तथा सिकाइको आदानप्रदान सहित विभिन्न सिर्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्न तत्काल योजना बनाइ अगाडी बढ्ने नवगठित जिल्ला समिति अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।

, , ,