१ जनाको आरडिटी पोजेटिभ आएपछि १ हप्ताको लागि नवलपुर सिल

चौतारा, 
 इन्द्रावती गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नवलपुर बजार र आसपासका क्षेत्र सिल गरेको छ ।
Image may contain: text
आइतबार गाउँपालिका अध्यक्ष बंशलाल तामाङको अध्यक्षतामा बसेको गाउँपालिका स्तरीय कोरोना भाइरस कोभिड१९ रोकथाम तथा ब्यबस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
गाउँपालिकाले इन्द्रावती ४ मा एक शंकास्पद बिरामीको आरडिटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि १ हप्ताको लागि अत्यावश्यक बाहेक सबै सवारीसाधन तथा ब्यक्तिको आवागमनमा समेत रोक लगाइएको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
शंकास्पद बिरामी भरतपुर क्यान्सर अस्पतालमा आफ्नो आफन्तको उपचारका क्रममा कुरुवा बसेर हालसालै फर्केको स्रोतले बतायो । भरतपुर बाट फर्केको बिरामीको रिपोर्ट पोजेटिभ  देखिएको तर कुरुवा को चाहिँ देखिएकोले निजको उपचारका लागि पिसिआर परिक्षण गर्न स्वाब काठमाडौँ पठाइएको  गाउँपालिकाले जनाएको छ । इन्द्रावती गाउँपालिकाको कार्यालय समेत रहेकोले अर्को सुचना नभएसम्मका लागि गाउँपालिका तथा गाउँ पालिका सँग सम्बन्धीत सम्पुर्ण कार्यालयहरु पुर्ण रूपमा बन्द रहने गाउँपालिका अध्यक्ष बंशलाल तामाङले जानकारी दिनुभयो ।

, , ,