आगलागीका कारण २बृद्ध घाइते


सिन्धुपाल्चोक जिल्लात्रिपुरासुन्दारी गा.पा.५ तौथलीमा आगलागी हुँदा धनमालको क्षेती भएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार  तौथली ५ बस्ने वर्ष ८० को कर्ण बहादुर कुसुलेको घरमा आगो लागि भएको हो । आगलागी भएको खबर पाउँना साथ पिस्कर प्रहरी चौकीबाट प्र.स.नि.शिव नारायण कुवंरको कमाण्डमा २ जनाको टोली खटि जाँदा कर्ण बहादुर कुसुलेको ढुङ्गा, माटो र जस्ताले बनाईएको १ तले घरमा जेष्ठ१० गते २४ः३० बजेको समयमा बेलुका खाना पकाई खाई चुलो माथि दाउरा सुकाई राखिएको अबस्थामा उक्त दाउरामा आगो सल्कि आगो लागि हुदाँ घर भित्र रहेको बाख्रा २ वटा,कुखुरा ७ वटा जलि मृत्यु हुनका साथै सम्पुर्ण सामान गरी अं.२,२५,०००र बराबरको धनमाल जलि नष्ट भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायबउपरिक्षक माधब प्रसाद काफ्लेले जानकारि दिनु भएको छ । उँहाका अनुसार , आगलागी नियन्त्रण गर्न खोज्दा निज कर्ण बहादुर कुसुले र निजको श्रीमति वर्ष ६५ की हिरामाया कुसुलेको शरीरको विभिन्न भाग जलि घाईते समेत हुनु भएको छ ।सामान्य बोल्न सक्ने मध्यम रहेको,निजहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र ,बाह्रबिसेमा उपचार गराईएकोमा थप  उपचारको लागि काठमाण्डौ तर्फ लगिएको छ ।


, , , ,