नेपालमा कोरोना संक्रममित बढदै गएपछि जिल्लामा थपिदै क्वारेन्टाईन

चौतारा, जेष्ठ १८ । 
सरकारले विदेशमा रहेका नेपाली स्वदेश फर्काउन आवश्यक पहल थाले सँगै सिन्धुपाल्चोकमा क्वारेन्टाइनको सख्या थप गरिने भएको छ ।
 आईतवार जिल्ला समन्वय समितिको आयोजनामा भएको छलफलले जिल्लाका सवै होटल तथा रिसोर्टहरु क्वारेन्टाईनमा प्रयोगमा ल्याईने निर्णय भएको हो । जिल्लाका होटल तथा रिसोर्ट सञ्चालककले सहमति दिए सँगै जिल्लामा क्वारेन्टाइृनको सख्यामा उल्लेख्य वृद्धि भएको छ ।
 होटल तथा रिसोर्ट ब्यवसायिहरुले चार सय वढी क्षमताका आफ्नो पुर्वाधार सहितको सुविधा क्वारेन्टाइृनका लागि प्रयोगमा दिन तयार रहेको सिन्धु पर्यटन ब्यवसायि संघका अध्यक्ष नारायण श्रेष्ठले जानकारि दिनुभएको छ । श्रेष्ठले पहिलो चरणमा अरनिको हाइवे अन्तरगत होटल हवका रुपमा परिचित सुकुटे वीच र रिभव वे का दुई रिसोर्ट क्वारेन्टाईनमा प्रयोग हुने वताउनुभयो । ‘हामी राज्यकै सहयोगी हौ’, श्रेष्ठले भन्नुभयो जिल्लाका होटलहरुले चार सय वढीलाइ क्वारेन्टाईनको सेवा प्रवाह गर्न सक्छ ।’ उहाँले स्वास्थ्य र सुरक्षा वाहेको सवै सेवा सञ्चालकले उपलब्ध गराउन तयार रहेको जानकारि दिनुभयो ।
जिल्ला समन्वय समितिको अग्रसरतामा जिल्लाका होटल ब्यवसायिसँग छलफल भएको हो । होटल ब्यवसायि, जिल्ला बिपद् ब्यवस्थापन समिति र स्थानिय सरकार प्रमुखहरुवीचको छलफलले जिल्लामा क्वारेन्टाईन थप गर्न सफल भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ वताउनुहुन्छ। ‘अवस्था असामान्य आउन सक्छ,’ प्रमुख तामाङले भन्नुभयो , ‘वाहिर वाट जिल्ला आउन सक्ने नागरिकको आँकलन गरि क्वारेन्टाइन थप गरिएको हो ।’ जिल्लामा एकै पटक ठूलो सङ्ख्यामा क्वारेन्टाईन थप गर्नु ठूलो उपलब्धी भएको उनले जिकिर गर्नुभयो । 
स्थानिय सरकारले क्वारेन्टाइृनको मापदण्ड पुरा गर्न निकै कठिनाई भएको वेला होटलको पुर्वाधार प्रयोगले निकै सहजता हुने लिसंखुपाखर गाँउपालिका अध्यक्ष कमल नेपाले भन्नुभयो । 
‘होटल ब्यवसायिले आफ्नो आफ्नो पुर्वाधार र सेवा उपलब्ध गराउने र क्वारेन्टाईन ब्यवस्तापन समितिले ब्यवस्थापन सहित लागत खर्च ब्यहोर्ने सहमति भएको छ ।’ बाह्रविसे नगरपालिका प्रमुख तथा क्षेत्रिय क्वारेन्टाईन ब्यवस्थापन का प्रमुख निमफुञ्जो शेर्पाले जानकारि दिनुभयो । 
राज्यलाइ आवश्यक पर्दा आफ्नो पुर्वाधार दिन कुनै समस्या नरहेको सुनकोशी वीचका सञ्चालक अञ्जन खड्का वताउनुहुन्छ । ‘यो महामारि पार लगाईयो भने फेरि ब्यवसाय सुरु गरौला, त्यतिवेला हामीलाइ पनि राज्यले हेर्नुपर्छ ।’ खड्काले भन्नुभयो । 
यस अघि जिल्लामा पाँच सय ३६ क्षमताको क्वारेन्टाइन सञ्चालनमा छ । जिल्लाका सवै स्थानिय तह सँगै जिल्ला समन्वय समितिको समन्वयमा जिल्लाका तीन ठाँउमा क्षेत्रिय क्वारेन्टाईन निर्माण गरेको थियो ।

, , ,