नेल्टा सिन्धुपाल्चोकको अनलाईन ईएलटि ट्रेनिङको दोस्रो दिन सम्पन्न

कृष्ण ढुङगाना, मेलम्ची, बैशाख २२ । 
नेपाल ईङ्लीस ल्याङ्गोईज टिचर्स् एसोसिएसन ९नेल्टा० सिन्धुपाल्चोकको आयोजनामा भएको सिन्धुपाल्चोकका शिक्षकहरुका लागि अनलाईनईङ्लीस ल्याङ्गोईज टिचिङ ९ईएलटि० तालिमको दोस्रो दिन सम्पन्न भएको छ । 
कार्यक्रमको दोस्रो दिनको पहिलो सेसनमा नेल्टाका अध्यक्ष एबम सर्बोच्च अदालतका अदिबक्ता मोतिकला सुब्बा देवानले साइबर अपराध र यसका चुनौतीहरु भन्ने बिषयमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको दोस्रो सेसनमा त्रिभुवन विश्वबिद्यालय अंग्रेजी शिक्षा बिभागका प्राध्यापक एबम नेल्टाका कोषाध्यक्ष्य अशोक सापकोटाले अनलाईन शिक्षणसम्बन्धी आधारभूत ज्ञान दिनुभएको थियो । 
पाँच दिनसम्म चल्ने उक्त तालिमको अन्तिम दिनमा स्थानीय तह, नीति निर्माता र पेशाकर्मीहरु बीच प्यानल छलफलको तालिका रहेको आयोजक समितिका सदस्य कृष्णप्रसाद ढुंगानाले बताउनु भयो । कार्यक्रम लाई नेल्टा सिन्धुपाल्चोकको अफिसियल फेसबुक पेजबाट लाइब संचालन गरिएको थियो । कार्यक्रमका अन्त्यमा सहभागीहरु, शिक्षा पेशाकर्मी लगायत सरोकारवालाहरु सबै लाई नेल्टा सिन्धुपाल्चोकका अध्यक्ष बद्री बहादुर तामाङले धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो । 

, , ,