प्रहरी कार्यालयमा लकडाउनमा मात्रै ३० मुद्धा दर्ता

चौतारा, जेष्ठ ७ । 
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा लकडाउँनमा पनी बिभिन्न खाले मुद्धाहरु दर्ता भएका छन । 
जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधब काफ्लेका अनुसार लकडाउनको अबधीमा मात्र ३० वटा मुद्धा दर्ता भइ कार्बाही भइरहेको छ ।
उहाँको अनुसार आ.व.२०७६।०७७ २०७६ श्रावण महिना देखि लकडाउन अघि सम्म २४३ वटा मुद्धा दर्ता भइ कार्बाही भएका छन ।
जम्मा बिभीन्न मुद्धामा २७३ माथी कार्बही भइ रहेको समेत काफ्लेले जानकारी दिनु भएको छ । उँहाका अनुसार अपहरण शरीर बन्धक राखी चोरी १, करेन्ट लागी मृत्यु भ.त.ज्यान ५, ढुङ्गाले लागी मृत्यु ज्यान १, खोलामा डुबि मृत्यु ज्यान ३, खोलाले बगाई मृत्यु ज्यान १, कर्तव्य ज्यान ७, गौवध १,ज्यान मार्ने उद्योग १७, झुण्डि मृत्यु ज्यान ५४, डाका चोरी ६, बहुविवाह ८, बालयौन दुरुपयोग ३, अपराधिक उपद्रो २, अभद्र व्यबहार ४३, आत्महत्या दुरुत्सानगरी झुण्डी मृत्यु १, कारण नखुलेको मृत्यु ज्यान ५, कालो बजारी १, किर्ते ३, कुटपिट तथा अंगभङग १, खोलामा हामफाली आत्म हत्या ३, चोरी ७, ज.ज.क. १३, ज.ज.क.उ. ८, ज.ज.क.तथा अप्राकृतिक मैथुन १, ज.ज.क.तथा हाड नाताकारणी १, जातिय भेदभाव तथा छुवाछुत १, जुवा ४, ठगी १, पहिचान नखुलेको फुटकर ज्यान २, भ.त.ज्यान ३ भेदभाव तथा अपमानजनक व्यवहार ३२, मा.वे.वि. तथा ओसार पसार १, मृत अवस्थामा फेलापरेको ज्यान १, यौन दुर्व्यवहार सम्बन्धी कसुर १, राजद्रोह १, लडि मृत्य १०, लापरवारी गरी ज्यानमार्न नहुने १, विष सेवन गरि मृत्यु ९, सवारी ज्यान ७, सवारी भ.त.ज्यान १, हातहतियार खरखजना १, हेलचक्राई गरी ज्यानमार्न नहुने २ गरि लकडाउन अगाडी  जम्मा २४३ वटा मुद्धा दर्ता  भएका छन ।
त्यसै गरि लकडाउन पश्चात मिति २०७६।१२।११ गते देखि ३० मुद्धाहरु दर्ता भएका छन् ।  जसमा ज.ज.क. २,ज्या.मा.उ. ३, अभद्र ब्यबहार ५, गौवध ३, कालोबजारी २, झुण्डी मृत्यु ज्यान ८, हा.ह.ख.ख. १, कर्तव्य ज्यान १, बाल यौन दुरुपयोग १, लडि मृत्यु ज्यान १, कारण नखुलेको ज्यान १, सवारी ज्यान १, लापरबाही पुर्वक ज्यान मार्न नहुने १ रहेका छन । हाल सम्म मुद्धा दर्ता भएका संख्या जम्मा २७३ मध्य ११ अदालत गएको र १४ वटाको छानबिन भइ रहेको जनाइएको छ । 

, , , ,