जिल्ला नाकामा थप कडाइ बाहिर जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक

अर्जुन शर्मा, जेष्ठ १ ।
कोरोना भाइरस संक्रमणवाट सुरक्षित रहन सिन्धुपाल्चोकमा बुधबार देखि थप कडाइ गरिएको छ । बन्दाबन्दी केही खुकुलो भएकामा देशमा संक्रमितको संख्यामा दिनप्रतिदिन वृद्धि हुनै गएपछि थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले बताउनुभयो । 
vegetables,fruits,fish,tarkari,falful,macha price list nepal ...
उहाँका अनुसार दोलखा जिल्लाको सिमानामा पर्ने मुढे, काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा पर्ने बन्देउ, सिपाघाट र बाहुनेपाटी तथा काठमाडौँको सिमानामा पर्ने भोटेचौर नाकामा थप कडाइ गरिएको हो ।  दुईतीन दिनअघिदेखि केही खुकुलो भएको बन्दाबन्दीमा शहर बजारमा अनावश्यक मानिस हिँडडुल गर्न थालेपछि औषधि जस्ता अत्यावश्यक पसलबाहेक अन्य पसल पूर्णरुपमा बन्द गरिएको छ ।
यस्तै सिन्धुपाल्चोकमा बाहिर जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक लगाइएको छ । बुधबार  बसेको जिल्ला ञकोभिड(१९ विपद व्यवस्थापन केन्द्रञको बैठकले       कोरोना संक्रमणको जोखिम हुने भन्दै      बाहिरी जिल्लाबाट आउने तरकारी र फलफूल आयातमा रोक लगाएको हो ।
अब स्थानीय गाउँहरुमा नै उत्पादन गरिएका तरकारी तथा फलफूललाई बजारमा ल्याउने र समन्वयका लागि स्थानीय तहलाई जिम्मा दिने निर्णय भएको छ ।
यसैबीच जिल्लामा हालसम्म विदेशवाट चैतमा आएका २०६ र जिल्लामै रहेका केही शंकास्पदसहित ६४८ जनाको द्रुतगतिको परीक्षण र ३४ जनाको पिसिआर परीक्षण गरिएको छ ।
त्यसमध्ये दुई जनाको रिपोर्ट आउन बाँकी रहेको र अरु सबैको नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल जिल्लामा आठ जना मात्र क्वारेन्टाइनमा रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिनुभयो ।

, , ,