सीमा अतिक्रमण विरुद्ध बाह्रबिसेमा कांग्रेसको जुलुस

बाह्रबिसे , जेष्ठ ३ ।
नेपाली काँग्रेस क्षेत्रीय समितिले भारतीय विस्तारवाद र सीमा अतिक्रमण विरुद्ध जुलुस निकालेको छ । 
बाह्रबिसेमा सीमा अतिक्रमण विरुद्ध कांग्रेसको जुलुस, नेताकार्यकर्ता पक्राउ
उनीहरुले भ्रष्टाचार मौलाउँदै गएको, लकडाउनका कारण मजदुरी गर्न नपाएर मजदुरहरु भोकै पर्न परेको तर उनीहरुलाई राहत दिने विषयमा केही कार्यक्रम नल्याएको विरोधमा बाह्रबिसेमा जुलुस निकालेको क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिनुभएको छ ।
जुलुसले बाह्रबिसे बजारको परिक्रमा गरेको थियो ।  क्षेत्रीय सभापति बस्नेतले यो सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको बताउनुभएको छ । केन्द्रदेखि स्थानीय तहसम्मका नेकपाको सरकारहरु भ्रष्टाचारमा लिप्त भएकाले लकडाउनको अवस्थामा जनताको दैनिक जनजीवनको बारेमा ध्यान दिन नसकेको आरोप समेत उहाँको छ ।
यसैगरी कााग्रेस युवा नेता युधिर पौडेलले सरकार जनताका कुनै पनि पीर मर्कामा सँगै नरहेको आरोप लगाएका छन् । 
यसैबीच जुलुसमा सहभागी केही नेताकार्याकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेविसंघ क्षेत्रीय सभापति हेमन्त श्रेष्ठसहित केही नेता कार्याकर्तालाई प्रहरीले पक्राउ गरेको हो । लकडाउन उल्लघंन गरेर नारा जुलुस गरेपछि केहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

, , , ,