हेलम्बुको कोरोना रोकथाम कोषमा सि.एस.आर.सीको १ लाख सहयोग


देवराज सुवेदी, मेलम्ची ९जेठ

हेलम्बु गाँउपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा सामुदायिक आत्मनिर्भरता सेवा केन्द्रले १ लाख रुपँैया जम्मा गरेको छ ।रकम जम्मा गरकोमा गाँउपालिकाले संस्थाप्रति आभार प्रकट गरेको छ ।यसअघि जनप्रतिनिधिले एक महिना वरावरको रकममा ४ लाख २६ हजार जम्मा गरेका छन् ।१६ लाख ७९ हजार ६ सय ६६ रकमबाट सुरुमा कोष स्थापना गरेको हो ।

यसैविच गाँउपालिकामा हालसम्म हिल नेपाल हेलम्बु,जस्ट नेपाल फाउन्डेसन काँठमाडौ ,कोईराला मेडिकल काँठमाडौ,ह्योल्मो सोसाईटि अफ क्यानडा ,सर्मिला भट्टराई ,नवजीवन सहकारी हेलम्बु ,हेल्प नेपाल ,काँग्रेस नेता मोहन वहादुर बस्नेत ,फेयरमेड र मांक ,रामकृष्ण लामिछाने ,भद्र भण्डारी , नयन वहादुर पण्डित लगायतले नगद तथा स्वास्थ्य सामाग्री प्राप्त भएको गाँउपालिका अध्यक्ष निमा ग्याल्चेन शेर्पाले बताउनुभयो ।सहयोग गर्न इच्छुकहरुले मेगा बँैक हेलम्बु खाता नं ०९७००१००३५३२२ मा जम्मा गर्न सकिने समेत शेर्पाले बताउनुभयो ।

, , , , ,