प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडिया सर्भेक्षण प्रतिवेदन हस्तान्तरण



काठमाडौं÷कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी अध्ययन÷सर्भेक्षण प्रतिवेदन हस्तान्तरण गरिएको छ ।


नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एक कार्यक्रमबीच  शुक्रबार प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
लकडाउन अवधिमा सामाजिक सञ्जालसहित सबैखाले सञ्चारमाध्यमबाट के–कस्ता सामग्रीहरु सम्प्रेषित भए रु सम्प्रेषित सामग्रीको प्रभाव र विश्वसनियता कस्तो रह्यो रु समग्र मिडियाको भूमिका कस्तो रह्यो रु पत्रकार आचारसंहिता पालना र सञ्चारमाध्यमको विश्वसनीयता बढाउन के गर्नुपर्छ रु स्वास्थ्य संकटको अवस्थामा मिडियाले खेलेको भूमिका, जिम्मेवारी र मिडियाप्रतिको विश्वसनीयताका विषयमा केन्द्रित भई ११ वटा वस्तुगत प्रश्नसहित पूर्णतः बस्तुगत विधिबाट सर्भेक्षण गरिएको थियो ।  मिडियाकर्मी, कर्मचारी, प्राध्यापक÷शिक्षक, कृषक, मजदुर, सुरक्षाकर्मी, व्यापारी, चिकित्सक, बैंकर्स, राजनीतिकर्मी र विद्याथीहरुलगायत ११ वटा पेशागत क्षेत्र, ७ वटै प्रदेश, उपत्यका गरी ८ भौगोलिक क्षेत्रभित्र रहेका सबै जिल्लाको समानुपातिक प्रतिनिधित्व हुने गरी १७६ उत्तरदाताहरु सर्भेक्षणमा सहभागिता रह्यो ।
महामारीमा सञ्चारमाध्यमको प्रयोगको अवस्थाबारे पहिचान गर्ने, आमउपभोक्ताको धारणा बुझ्ने, सञ्चारमाध्यम र पत्रकारका कमिकमजोरी पत्ता लगाई सुधारका उपायहरुवारे सुझाव दिने, अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा काउन्सिलको आगामी नीति तथा कार्ययोजना निर्माण गर्ने उद्देश्यले अध्ययन गरिएको हो ।

, , , ,