जिल्ला छिर्दा सामाग्री ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परिक्षण

अर्जुन शर्मा, चौतारा, बैशाख २०
सिन्धुपाल्चोक जिल्लाभित्र विकास निर्माणका आयोजना सुचारु हुन थालेपछि  सिन्धुपाल्चोकका स्थानीय तहले निर्माण सामाग्री ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परिक्षण गर्ने भएको छ ।
 सिन्धुपाल्चोक प्रवेश गर्ने मुख्य नाका बन्देउमा चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, सिन्धुपाल्चोकको सहकार्यमा, यात्रु, सवारीचालक तथा सहचालकको स्वास्थ्य परिक्षण गर्न थालीएको हो ।
सिन्धुपाल्चोकमा सञ्चालन हुने सबै आयोजनाहरुमा काभ्रेको बनेपा सहित तराइका जिल्लाहरुबाट रड, सिमेन्ट, फलाम जस्ता सामाग्री ढुवानी गरिन्छ । यसरी अन्य जिल्लाबाट आएका मालवाहक सवारीसाधनमा किटनाशक औषधी छर्कीएर व्यक्तिको स्वास्थ्य परिक्षण गरेर मात्र प्रवेश दिने चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले बताउनुभयो । 
सोही नाका हुँदै दोलखा र रामेछाप जाने सवारी साधन पनि गुड्ने भएकोले सबै यात्रुको समेत परिषण गरेर मात्रै पठाइने मेयर तामाङले बताँउनुभउयो ।
त्यस्तै नगरपालिकाले अन्य जिल्लाबाट आएका कामदार तथा स्थानीयहरु र कोरोनाको शंका लागि क्वारेन्टायनमा बसेकाहरुको आरटीडी परिक्षण गरेको छ । एकै दिन २० भन्दा बढी व्यक्तिको परिक्षण गरिएकोमा सबैको नेगेटीभ नतीजा आएको नगरपालिकाले जनाएको छ ।

, , , ,