अनुगमनका क्रममा सुनकोशीका ११ बेडका क्वारेन्टाइनको मापदण्ड पुगेन

अर्जुन शर्मा, चौतारा, बैशाख २२ । 
अनुगमनका क्रममा सुनकोशीका ११ बेडको क्वारेन्टाइनको मापदण्ड नपुगेको पाइएको छ । मापदण्ड नपुगेको  क्वारेन्टाइन हाललाई बन्द गरिने भएको छ  । 
आज सोमबार जिल्ला समनवय समितिका प्रमुख कृष्ण गोपाल तामाङको नेतृत्वमा अनुगमनमा गएको टोलिलले उक्त क्वारेन्टाइनमा आबश्यक मापदण्ड नरहेको भन्दै हटाउने निर्णय गरेको हो ।
क्वारेन्टाइनको नाममा स्थानिय तहले कोठामा बेड तयार गरेको मात्रै पाइएको र यसको लागि अन्य आबश्यक स्वास्थ्य सामाग्रि लगायतको व्यबस्थापन भइनसकेकोले उक्त क्वारेन्टाइनमा सम्पुर्ण आबश्यक सामाग्रिको उपलब्धता नभए सम्मको लागि गणना नगरिएको प्रमुख तामाङले बताउनुभएको छ । उहाँका अनुसार अनुगमन समिति अनुगमनको क्रममा नै रहेको र अन्य स्थानको पनि क्वारेन्टाईनको अनुगमन गरी मापदण्ड नपुगेकाहरु बन्द गरिने छ ।
अनुगमनको क्रममा बेड मात्र राखेर क्वारेन्टाइनमा स्वास्थ्य सामाग्रिको समेत उपलब्धता नभएको पाइएकोले सुनकोशी गाँउपालिका वडा नं. ४ मा रहेको ४ वेड र वडा नं. ७ मा रहेको ७ वेडको क्वारेन्टाइन खारेज गारिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गदत्त चापागाईँले जानकारी दिनुभएको छ । 
शुनकोसि गाँउपालिकाले सम्पुर्ण वडा वडामा नै क्वारेन्टाइन तयार गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको नेतृत्वमा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटा, सहायक जिल्ला प्रमुख बाबुराम खनाल, जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईँ, जिल्ला समन्वय समितिका  सदस्य सकुन्तला माझिलगायतको टोलिले .सोमबार लिसंखुपाखर गाँउपालिका र सुनकोशी गाँउपालिकाले तयार गरेको क्वारेन्टाईनहरुको अनुगमन गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले जानकारी दिनुभयो । यसअघि नै शनिबार अनुगमनको क्रममा भोटेकोशिमा रहेको १० वटा बेडको क्वारेन्टाइन बन्द गरिएको थियो । 

, , ,