नेपालमा कोरोनाबाट निको भए ३६ जना

नेत्र बस्नेत, चौतारा, ५ जेठ । 
बिश्वब्यापी रुपमा फैलिएको कोराना भाइरस बाट बच्नको लागी मुख्य औषधी भनेकै अनाबश्यक जथाभाबी नहिड्ने र लकडाउनको पालना गर्ने नै हो ।
खाश गरी यो रोगका बारेमा बजारमा बिभिन्न खाले समचार हरु आइरहेका छन । त्यस भित्र कती राम्रा र कती नराम्रा छन कुन कुनमा सत्यता छ  समाचार प्रकाशन तथा प्रशारण गर्ने  र सम्बन्धति पक्षलाइ नै थाहा हुन्छ । आइतबार र शुक्रबार प्राय संञ्चारमाध्ययमहरुमा कोरानाका कारण मृत्यु हुनेको  पहीचान सहीतका समाचार बन्यो २ जनाको मृत्यु भयो भनेर यसमाथी सिन्धुपाल्चोक त झनै चर्चामा रह्यो यसरी मृत्यु भएकोमा सिङ्गो राष्ट लाइ  नै दुखीत तुल्याएकै छ तर हामी ले  नेपालमा कोरोना भाइरसबाट सक्रमितको संख्या ३०४ जना पुग्दा २जनाको मृत्यु भएको समाचार प्राथमिकता रहेको छ ।  तर ३६जना निको भएको समाचार भनै बिरलै आएको छ  । स्वास्थ्य क्षेत्रबाट भएका कामहरुलाइ प्रोत्साहनका साथ अगाडी बढाउँनका लागी पनी सफलताको कार्यलाइ पनी प्रथमिकता दिन पर्ने हुन्छ ।
  सके सम्म रोग लाग्नै नदीनु उचित हुन्छ । तर सरकारको निर्णय पालना गर्दा गर्दै स्वास्थ, संञ्चार, सुरक्षा जस्ता महत्वपुर्ण क्षेत्रमा काम गर्ने कोहीलाइ रोग लागी हाले पनी तत्कालै पहड खशे जस्तो गरिहाल्न पर्ने अबस्था नेपालमा छैन नेपाल जस्तो मुलुकमा यतीका धेरै मानीसहरु यो रोगबाट मुक्ती पाउँनु भनेको ठुलो  सफलता भएको मान्न पर्दछ ।
त्यसैले  सके सम्म रोग लाग्नै नदीन र लागी हाले पनी आत्माबलका साथ रोग निको हुने आशामा रहेर सरकारको निर्णय कार्यन्वयन गर्न पर्ने आम नागरिकको चाहाना रहेको देखीन्छ । 

, , ,