कोरोनाबाट आमा गुमाएका बच्चाको पोषणका लागि अमेरिका बस्ने खतिवडाद्धारा ५१ हजार सहयोग
चौतारा,जेष्ठ ७ ।
पहिलो कोरोना संक्रमणका कारण ज्यान गुमाएको महिलाको बच्चा पोषणका लागि अमेरिका बस्ने दिनेश खतिवडाले ५१ हजार सहयोग गर्नुभएको छ ।
आफ्नै जिल्लाको चेली भएकाले नावालक बच्चाको लागि आफूले सकेको आर्थिक सहयोग गरेको खतिवडाले बताउनुभएको छ । वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालसँगको सम्वन्वयनमा आफूले आर्थिक सहयोग गरेको खतिवडाले बताउनुभयो । खतिवडाले दिएको रकम सामाजिक विकासमन्त्री युवराज दुलालको सहजिकरणमा परिबारका सदस्यलाई हस्तान्तरण गरिने छ ।
यसअघि शिशुका लागि पूर्वमन्त्री मोहन बहादुर बस्नेतले ५० हजार नगद सहित विभिन्न सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।