नेकपाका केन्द्रिय सदस्य‘सुबोध’को पहलमा पत्रकारलाई सञ्चार सामग्री

अर्जुन शर्मा, चौतारा, जेष्ठ १ । 
संक्रमणको बेलामा पनि  सिन्धुपाल्चोकमा रहेर क्रियाशिल पत्रकारीता गर्ने संचारकर्मीहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य माधव सापकोटा ‘सुबोध’को पहलमा  सञ्चार सामग्री प्रदान गरिएको छ ।
Image may contain: 3 people, including Suresh Kasaju, people standing
 उहाँको पहलमा आएका ३६ थान सञ्चार सामग्री जिल्लामा रहेका क्रियाशिल ३२ पत्रकार र ४ वटा रेडियोलाई प्रदान गरिएको नेपाल पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
बुधबार एक कार्यक्रम गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बागमती प्रदेशका सचिवालय सदस्य एवम् पूर्व सांसद् सुवास कर्मचार्य, नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल र जिल्ला सदस्य चिरन्जिवी कट्टेलले एकमुष्ट रुपमा सञ्चार सामग्री नेपाल पत्रकार महासंघ सिन्धु शाखालाई हस्तान्तरण गरिएको थियो । उक्त सामाग्रिमा ल्यापटप व्याग, पावर बैंक र पेनड्राइभ रहेको छ । 
पत्रकारहरुलाई सञ्चार सामग्री प्रदान गर्न गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य राजेन्द्र शर्माले समन्वय गर्नुभएको थियो ।

, , , ,