२८दिन सम्म क्वारेन्टाइनमा राख्न१४ नं को माग


सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालीका वडा नं १४मा शनिबार  भएको सर्बपक्षीय छलफलले बिश्वब्यापी रुपमा फैलिएको कोरना महामारीबाट  बच्नका लागी सरकारले गरेको लकडाउनको कडाइका साथ पुर्ण पालना गरिरहन सबै वडा बासीहरुलाइ अनुरोध गरेको छ । वडा अध्यक्ष शेर बहादुर श्रेष्ठको अध्यक्षतामा नेकपाका इन्चार्ज बद्री प्रसाद नेपाल,सह इन्चार्ज ज्ञान बहादुर तामाङ्ग , नेकपाका अध्यक्ष उद्धब नेपाल  , नेकाका बलराम बस्नेत  सामुदायक  स्वास्थ्य केन्द्रका इन्चार्ज रमेश गौतम लगाएतका ब्यक्ती हरुको उपस्थितीमा बसेको सर्ब पक्षीय सर्बदलीय बैठकले वडामा घर भइ बिदेसमा रहेर बिभिन्न पेशामा रहेका नागरिकहरु  आफनो गाँउ फर्कने  क्रममा क्वारेन्टाइनमा बसेको र  क्वारेन्टाइनमा बसे पछी एक पटकको स्वास्थ्य परिक्षण रिपोर्टका आधारमा १४ दिन पछी घर आउँदा  घरमा सुरक्षित क्वारेन्टाइनमा बस्ने ठाँउ को समस्या भएकाले २८ दिन क्वारेन्टाइनमा राख्न नगरपालीकालाइ अनुरोध गर्ने निर्णय गरिएको वडाकार्यलयले जानकारि दिएको छ । वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले पहीले  रोग नदेखिए पनी छिमेकी राष्ट भारतबाट आएका मानीसहरु सँग पछील्लो समय सम्म रोगको लक्षण देखा पर्ने  गरेको समचार माध्ययम हरुबाट जानकारी भएकाले र वडामा सुरक्षित क्वारेन्टाइन समेत नभएको हुँदा नगरपालीकाको ब्यबस्थापनमा आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागी पनी कम्ती मा २८ दिन क्वारेन्टाइनमा बस्नका लागी अनुरोध गरिएको बताउँनु भयो । क्वारेन्टाइनमा रहेका आफन्तहरुको सुझाब, स्थानीय प्रतिनिधीहरुको सुझाब का आधारमा २८ दिन चौतारामा नै राख्न  माग गर्ने निर्णय गरिएको हो । गाँउमा रोग लागे पछी यसको नियन्त्रण गर्न समस्या पर्ने भएकाले कम्तीमा पनी २८ दिन सम्म सुरक्षित साथ क्वारेन्टाइनमा राख्न आबश्यक भएको सुझाब प्राप्त भएको ले सोही अनुसार सम्बन्धीत निकायमा  यसको कार्यन्वयनका लागी माग गरिएको श्रेष्ठ ले बताउँनु भयो । यसै गरि वडा नं १४मा मात्र भारत,अमेरिका,जापान,लगाएत बिभिन्न मुलुकमा अझै २४५जना रहेको समेत अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । उँहाहरुको लागी पनी आबश्यक ब्यबस्था गर्न पर्ने बताउँनु भयो चौतारा क्वारेन्टाइनमा रहेका लाइ खाने पानी शौचालयको लागी पानी ,सरसफाइको ब्यबस्था नभएको ,माक्स , लगाएतका आबश्यकीय सामाग्री समेत नभएको क्वारेन्टाइनमा रहेका हरुका आफन्तको गुनासो आए पछी वडा अध्यक्ष श्रेष्ठले तत्काल खाने पानी तथा आबश्यक सामाग्री को ब्यबस्था गर्ने बताउँनु  भएको छ । उता क्वारेन्टाइनमा रहनु भएका वडाका गणेश तामाङ्गले टेली फोन सम्पर्क गरि  चौतारा क्वारेन्टाइनमा शौचालयका लागी पानीको समस्या परेको ,नुहाउँन समेत राम्रो सुबिधा नभएको ,पहिले आएका र पछी आएका ब्यक्तीहरुलाइ एकै ठाँउमा राखेको आफुहरुको रिपोर्टमा समेत कोरोनाको लक्षण नभएको आइ सकेको र पछी आउँने हरुको परिक्षण समेत गर्न बाँकी रहेको  मा आफुहरलाइ समेत एकै ठाउँमा भएका कारण असुरक्षित महशुस भएकाले आफुहरु सरकारको निती नियमको पालना गर्दे सरकारको निर्णय अनुसार  होम क्वारेन्टाइन अर्थात गाउँको गोठ वा एकान्तमा  बस्न चाहेको बताउँनु भयो ।  यो अबस्थामा सबै सुरक्षित हुन पर्छ हाम्रा पनी परिबार छन परिबारलाइ रोग सर्ला भन्ने हामीलाइ पनी चिन्ता छ यसको लागी भन्दै  रिपोर्ट आइसकेका पुराना र नँयालाइ एकै ठाउँमा राख्दा थप जोखिममा परेको बताउँनु भयो । चौतारको जिल्ला सम्मन्वय समितीको कार्यलयमा रहेको क्वारेन्टाइनमा वाइफाइको समेत सुबिध नभएको , स्वास्थ्य कर्मी तथा कुनै पनी समुह बाट  के कसो छ सोध पुछ समेत नभएकोमा त्यँहा रहेका हरुले चिन्ता  ब्यक्त गरेका छन ।


, , ,