सवारी दुर्घटनामा १ जनाको मृत्यु

चौतारा, १ जेठ । 
आज दिउसोँ लिसखुँपाखर गाउँपालिका १ चोचेडाँडा स्थित भित्रि सडक खण्डमा मुडेबाट ब्यासतर्फ आलु अनलोड गरि खालि आउँदै गर्दा बा ५ ख २४१६ नम्बरको मिनिट्रक दुर्गटनामा १ जनाको मृत्यु भएको छ । 
दुर्घटनामा सोहि ठाउँ निवासि ३८ बर्षिय कृष्णविर तामाङको घटनास्थलमानै मृत्यु भएको   जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक माधब प्रसाद काफ्लेले जानकारी दिनुभएको छ । मिनिट्रकको पछाडि बसेका तामाङ ट्रकबाट खसेर टायरमा टाउको परेकाले घटना स्थलमानै ज्यान गएको हो । सवारी साधन र चालकलाइ प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

, ,