इतिहासको पानामा सुवर्ण अक्षरले लेखिने सरकारले गर्यो एैतीहासिक निर्णय


नेपाल सरकारले  अतिक्रमित भूमि कालापानी लिम्पियाधुरा समेटर नेपालको नयाँ नक्सा जारी गर्ने निर्ण गरे पछी देशै भरि ओली सरकाकोप्रशंसा हुन थालेको छ ।

सरकाले गरेको यो निर्ण नेपालको लागी सबै भन्दा ठुलो एतीहासिक काम हुने  बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सोमबारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पानामा सुवर्ण अक्षरले लेखिने बताउनुभएको छ । मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारिएको नेपालको नक्सा पारित गरेपछि मन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो बताउनुभएको हो । उहाँले सोमबारको निर्णय युग युगसम्म हाजिरी जवाफमा सोधिने प्रश्नका रुपमा अमर रहने पनि दाबी गर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई  बिशेष धन्यवाद पनि दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जेष्ठ ५ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारतले मिचेको भूमि कालापानी लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गर्ने निर्णय गरेको हो । मन्त्री परिषदको बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नेपालको नँया  नक्सा प्रस्तुत गर्नु भएको थियो ।पछिल्लो समय भारतले नेपाली भूमि हुँदै सडक निर्माण गरेपछि नेपालको नक्सा सार्वजनिक गर्न सरकारलाई चौतर्फी दबाब बढेको थियो। इतिहासविद्, भूगर्भ्विद्, सीमाविद्ले भारतले मिचेको जग्गा नेपाली नै भएको तथ्य प्रस्तुत गर्दै आएका छन्।भारतले नेपाली भूमि मिचिएको राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले पनी आफ्नो भुमी समेटेर नक्सा सार्वजनिक गर्न पर्ने नेपाली नागरिक हरुको  माग रहेको थियो। सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मिचिएका नेपाली भूभागसहितको नेपालको नक्सा सार्वजनिक गर्ने विषय समावेश थियो। संसदीय समितिहरूले पनि सबै नेपाली भूभाग समेटेको नक्सा छाप्न पटकपटक निर्देशन दिएका थिए। संसदको अन्तराष्ट्रिय श्रम सम्बन्ध समिति र राज्य व्यवस्था समितिले यस्तो निर्देशन दिएका थिए। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले पनि ती भूभागसहितको नक्सा सार्वजनिक गर्न सुझाव दिएको थियो। मन्त्री परिषदको बैठकले भुमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको हो । (फोटो रत्न श्रेष्ठको फेसबुकबाट)


, ,