मेलचौर क्षेत्रिय क्वारेन्टाइनमा रहेका १४ जनाको आरडिटि नेगेटिभ

अर्जुन शर्मा, बैशाख २५ । 
बैशाख १० गते चौतारा सागाँचोकगढी नगरपालिका भित्रिएका विभिन्न वडाका १४ जनालाइ हिजो  बुधबार आरडिटि परिक्षण गरि घर पठाइएको छ।
 क्षेत्रीय क्वारेन्टाइन मेलचौरमा बसिरहेका १४ जनाको चौध दिन पूरा भएसँगै परिक्षण गरिएको र परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएपछी घर पठाइएको नगरप्रमुख अमान सीं तामाङले जानकारी दिनुभएको छ ।   १४ जनाहरु मध्ये ४ महिला, १० पुरुष रहेका थिए भने ४ बर्षे र ७ बर्षे गरि दुइजना बालक रहेका थिए। 
ती मध्ये एक जना सर्लाही जिल्ला बाट यस नगरपालिका मा रहेका आफ्नो साथीको घरमा आएका थिए।
त्यस्तै जिल्ला समन्वय समिति भवनमा रहेको क्वारेन्टाइनमा राखिएका पर्वत जिल्ला बाट यस नगरमा भित्रिएका गौरतीका १५ जनाको आज आरडिटि परिक्षण गरिनेछ र  रिपोर्ट नेगेटिभ आए उनिहरुलाइ पनि घर पठाइनेछ ।

, , ,