६ गते देखी दुग्ध डेरी पसल सबै बन्द गरिने

सन्ध्या बस्नेत,चौतारा,जेष्ठ ४ । 
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालीका वडा नं १४मा ६ गते देखी १० गते सम्म आफन्त सँग भेटघाट गर्न आउँन जान, बन्द गरिनुका साथै उक्त मिती सम्म सम्पुर्ण पसल दुग्ध संकलन तथा बिक्री बितरण  गैर सरकारी संघ सस्था हरु सबै बन्द गरिने वडा अध्यक्ष शेर बहादुर श्रेष्ठ ले जानकारी गराउँनु भएको छ ।
उँहाले यस अबधीमा अती जरुर समस्या परेको खण्डमा वडालाइ जानकारी गराउँन समेत अनुरोध गर्नु भएको छ । वडाअध्यक्ष श्रेष्ठले ४गते आइतबारका दिन सुचना समेत जारी गर्नु भएको छ । यस अघ श्रेक्ष्ठ कै अध्यक्षतामा बिश्वब्यापीरुपमा फैलिएको कोराना भाइरसको बिरुद्ध सचेत रहनका लागी  बैठक बसेको थियो ।
उक्त  बैठकको निर्णय अनुसार  बन्द गरिएको हो । बैठकमा ने कपाका वडा इन्चार्ज बद्री प्रसाद नेपाल ,सह इनचार्ज ज्ञान बहादुर तामाङ नेकपाका अध्यक्ष उद्धब नेपाल नेपाली काँग्रेसका बलराम बस्नेत,झमला देबी आधार भुत बिद्यालयका प्रधानध्यापक लालबहादुर श्रेष्ठ, सेतिदेबी आधारभुत बिद्यालयका प्र अ रिषी राम नेपाल सामुदायक स्वास्थ्य केन्द्का रमेश गौतम सामुदायक मेल मिलापका सुनिल तामाग.टे्रड युनियन महासंघका अध्यक्ष रमेश नेपाल लगाएतका ब्यक्तीहरुको उपस्थितीमा यस्तो निर्णय गरिएको हो ।

, , ,