स्कुल अफ डेमोक्रेसीको गण्डकी प्रदेश समितिको अध्यक्षमा पराजुली !



 पोखरा १६ जेठ नेपालमा क्रियाशिल राजनितीक दलहरु , सरकार र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिकरणको प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गर्ने उद्धेश्यले स्थापित स्कुल अफ डेमोक्रेसीले प्रदेश र जिल्ला तहमा संरचना विस्तार गर्न थालेको छ । लोकतान्त्रिक मूल्य र मान्यता एवं प्रक्रियाका बारेमा सिक्ने र सिकाउने उपयुक्त फोरमको रुपमा स्कुल अफ डेमोक्रेसीलाई विकास गर्ने लक्ष्य राखिएको छ ! करिव एक दशक अगाडी स्थापना भएपनि आंफ्नो संरचनालाई प्रदेश र जिल्ला तहसम्म लगेर  लोकतान्त्रिक प्रक्रियामा योगदान पुर्याउने लक्ष्य संस्थाको रहेको छ !


तत्कालका लागि सवै प्रदेश र अधिकांश जिल्ला तहमा अध्यक्षहरुको चयन गरी संस्थाका गतिविधी अगाडी बढाइएको भएपनि कोरोनाको प्रकोप न्युन हुँदै गएपछि प्रदेश  र जिल्ला तहमा समिति नै गठन गर्ने तयारीमा आफुहरु रहेको स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले जानकारी दिनु भयो  ।
प्रदेश समिति गठन गर्ने क्रममा गण्डकी प्रदेश समितिको अध्यक्षको जिम्मेवारी पोखराका अग्रज पत्रकार  गंगाधर पराजुलीलाई दिइएको छ । पराजुलीले नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन र नेपाली पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्रिय उपसभापति भएर काम गरिसक्नु भएको छ । नेपाल सरकार अन्तर्गतको न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारीबाट केही महिना अगाडी मात्र पदमुक्त हुनुभएका पराजुलीको कार्यकालमा श्रमजिवी पत्रकारको न्यूनतम पारिश्रमिकमा २५ प्रतिशत वृद्धि भएको थियो !
गण्डकी प्रदेश समितिका अध्यक्ष पराजुलीले २०४६  सालको जन आन्दोलनमा करिव दुइ महिना जेल जीवन विताउनुका साथै निर्मम शारीरिक यातना समेत भोग्नु भएको थियो । भने २०६२र०६३ को जन आन्दोलनमा पोखरा र काठमाण्डौमा पटक पटक पक्राउ पर्नु भएको  थियो  । पराजुली विद्यार्थी कालमा नेविसंघ त्यसपछि नेपाल शिक्षक संघ नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघ जस्ता संस्थामा रहेर लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको पक्षमा हुने सबै खाले आन्दोलनमा सक्रिय रहदै आउँनु भएको  छ ।
स्कुल अफ डेमोक्रेसीले विभिन्न जिल्लाहरुमा शाखा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्ला अध्यक्षको जिम्मेवारी सन्तोष गुरुङ्गलाई दिएको छ । नेविसंघ र नेपाल तरुण दल हुँदै नेपाली काँग्रेसको राजनितिमा क्रियाशिल गुरुङ्ग पार्टीको महासमिति सदस्य हुनु हुन्छ । हाल धार्चे गाउँपालिकामा कांग्रेसबाट निर्वा्चित अध्यक्ष रहनु भएको उँहा २०५४ सालमा तत्कालिन लाप्राक गा.वि.स. को अध्यक्ष रहनु भएको थियो ।
यसैगरी संस्थाको तनहुँ जिल्ला समितिको अध्यक्षमा डम्वर अधिकारीलाई चयन गरिएको छ । नेपाल पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष समेत रहनु भहेका  अधिकारी नेपाली काँग्रेसको राजनितीमा पनि सक्रिय रहनु भएको छ । उँहा नेपाली काँग्रेस व्यास नगर समितिको सह सचिव तथा सेती मादी दैनिक पत्रिकाका संचालक र सम्पादक समेत हुनुहुन्छ ।
संस्थाको कास्की जिल्ला समितिको अध्यक्षमा विर बहादुर बुढाथोकीलाई जिम्मेवारी दिइएको छ । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधी रहि सक्नु भएका बुढाथोकी हाल निजी विद्यालयका संचालकहरुको संस्था प्याव्सनका केन्द्रिय उपाध्यक्ष पनि हुनुहुन्छ । उँहा पोखराको गोल्डेल फयुचर बोर्डिङ्ग स्कुलका संस्थापक प्रिन्सीपल पनि हुनुहुन्छ । यसैगरी स्याङ्जा जिल्ला समितिको अध्यक्ष रहनु भएका अनुप श्रेष्ठ पेशाले सिभिल इन्जिीनीयर हुनुहुन्छ । उहाँले प्राविधिक विद्यार्थी परिषदको अध्यक्ष र नेविसंघको महाधिवेशन प्रतिनिधी रहेर काम गरीसक्नु भएको छ । लमजुङ्ग जिल्ला समितिको अध्यक्ष रहनु भएका शंकर घिमिरे नेविसंघको राजनितीमा लामो समय सक्रिय रहनु भएको थियो । तिन कार्यकाल नेविसंघको जिल्ला अध्यक्ष रहेर काम गरेको घिमिरे हाल स्थानिय जनमन्दिर मा.वि. व्यवस्थापन समितिको अध्यक्ष एवं अन्य संघसंस्थामा सक्रिय रहनु भएको छ ।
पर्वत जिल्लाको अध्यक्षको जिम्मेवारी पाउँनु भएका वसन्त कुमार कर्माचार्य  नेपाल जेसिसको पुर्व उपाध्यक्ष हुनहुन्छ । नेपाली काँग्रेस कुश्मा नगर समितिको सल्लाहकार  समेत रहनु भएका कर्माचार्य काली गण्डकी एकेडेमीको संस्थापक समेत रहनु भएको छ । यसैगरि बाग्लुङ्ग जिल्ला समितिको अध्यक्ष रहनु भएका सागर छन्त्याल नेपाली काँग्रेस बाग्लुङ्गको जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधी समेत हुनहुन्छ । उँहा विभिन्न संघ संस्थामा संलग्न रहनु भएको छ । म्याग्दी जिल्लामा अध्यक्षको जिम्मेवारी मन कुमारी वि.क. लाई दिइएको छ । उहाँ पनि नेपाली काँग्रेस म्याग्दीको जिल्ला सदस्य र नेपाल महिला संघको महाधिवेशन प्रतिनिधी हुनुहुन्छ । गण्डकी प्रदेशका अन्य तिन जिल्लामा अध्यक्ष चयन गर्न बाँकी रहेको र केही समय भित्रमा नै समितिलाई पुर्णता दिइने जानकारी स्कूल अफ डेमोक्रेसीका अध्यक्ष महरले जानकारी दिनु भएको छ । लोकतान्त्रिक मूल्य र मान्यतालाई सबैजसो राजनितीक पार्टीले अवलम्बन गरेमा लोकतान्त्रिक प्रणाली सुदृढ़ हुने भएकोले संस्थाले आफ्ना गतिविधिहरु यसै सन्दर्भमा केन्द्रित गर्ने जनाएको छ !








, ,